KATHMANDU DAINIK

लुम्बिनी लाभाजको ट्यालेन्ट हन्टबाट युवा खेलाडी जानकी केसी छनोट

जानकी केसी, लुम्बिनी लाभाज, महिला भलिबल लिग, EWVL 2025, वात्सल्य एभरेष्ट महिला भलिबल
जानकी केसीलाई लुम्बिनी लाभाजकी म्यानेजर स्तुती निरौलाले सम्झौता पत्र प्रदान गरेकी छिन् ।

भदौ ९, २०८२।

काठमाडौं – फ्रेन्चाइज टोली लुम्बिनी लाभाजले ट्यालेन्ट हन्ट कार्यक्रममार्फत युवा खेलाडी जानकी केसीलाई आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि छनोट गरेको छ।

लाभाजले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत केसीको नाम सार्वजनिक गरेको हो।

एभरेष्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरे
सहितको प्राविधिक टिमले अन्तिम चरणमा रहेका १२ खेलाडीमध्येबाट केसीलाई छनोट गरेको हो।

लाभाजकी म्यानेजर स्तुती निरौलाले केसीलाई सम्झौतापत्र प्रदान गर्दै भनिन्, स्थानीय प्रतिभालाई मौका दिनु हाम्रो टिमको प्राथमिकता हो। यसले खेलाडीलाई मात्र होइन, टिमको हौसला पनि बढाउनेछ।

लुम्बिनी लाभाजले यसअघि अक्सनमार्फत राष्ट्रिय टिमकी कप्तान अरुणा शाही सहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई अनुबन्धन गरिसकेको छ।

विदेशी खेलाडीका रूपमा भने क्लबले रसियन स्टार भेरोनिका जुभरेभलाई अनुबन्धन गरेको छ। दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ।

Exit mobile version