KATHMANDU DAINIK

कर्णाली यशविसमा ब्राजिलियन सेटर आना फ्लाभियाखेल्ने

भदौ ५ २०८२।

काठमाडौँ – एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि कर्णाली यशविसले ब्राजिलियन सेटर आना फ्लाभियालाई अनुबन्ध गरेको छ।

फ्लाभिया ब्राजिलकी अनुभवी खेलाडी हुन्। उनले यसअघि ब्राजिलसहित विभिन्न मुलुकका क्लबहरूबाट खेल्दै अनुभव बटुलिएकी छिन्। उनको उपस्थितिले कर्णाली यशविसको खेलमा नयाँ रणनीति र र नतिजामा परिवर्तन आउने अपेक्षा गरिएको छ।

कर्णाली यशविसका प्रशिक्षक तथा व्यवस्थापनले विदेशी खेलाडी भित्र्याएर टिमलाई थप प्रतिस्पर्धी बनाउन खोजेको बताएका छन्।

आना फ्लाभिया जस्तो अनुभवी सेटर आएपछि हाम्रो टिमको आक्रमण र डिफेन्स दुवै बलियो हुन्छ भन्ने विश्वास छ,वटोली व्यवस्थापनले जनाएको छ।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण छिट्टै काठमाडौंमा सुरु हुँदैछ। यस लिगमा विभिन्न प्रदेशका क्लबहरू प्रतिस्पर्धा गर्नेछन्। पहिलो संस्करणमा देखिएको आकर्षणलाई निरन्तरता दिँदै यसपटक विदेशी खेलाडीहरूको सहभागिता बढाइएकाले लिग अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Exit mobile version