KATHMANDU DAINIK

एनपीएल अक्सनपछि प्रत्येक टिमको अन्तिम स्क्वाड सार्वजनिक, विदेशी खेलाडी चयन बाँकी

एनपीएल अक्सन २०२५, नेपाल प्रिमियर लिग २०२५, NPL auction Nepal, नेपाली क्रिकेट लिग, NPL teams 2025, NPL squad list, Nepal cricket news, NPL players auction, एनपीएल टोली सूची, नेपाल क्रिकेट अपडेट
एनपीएल अक्सन

साउन २५, २०८२।

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि भएको खेलाडी अक्सन सम्पन्न भएको छ। १६४ खेलाडीको सूचीमध्ये ३७ जनाले नयाँ टिमसँग सम्झौता गरे भने बाँकी खेलाडी अघिल्लो सिजनमै रिटेन भएका छन्। अब विदेशी खेलाडी अनुबन्ध मात्र टुंगो लाग्न बाँकी छ।

मार्की आसिफ शेख र कप्तान अनिल साहसहित सात खेलाडीलाई रिटेन गरेको जनकपुरले अक्सनबाट सचिन भट्ट, आदित्य महता र मयन यादव अनुबन्ध गर्‍यो। विशलिस्टबाट बिकाश आग्री पनि भित्रियो।

गत सिजनका कप्तान दिपेन्द्रसिंह ऐरीसहित छ खेलाडीलाई रिटेन गरेको टोलीले अक्सनबाट हेमन्त धामी, टेकबहादुर रावत र दिपेश थापा पायो। विशलिस्टबाट दिपक बोहरा र मिलन बोहरा पनि टोलीमा छन्।

मार्की सोमपाल कामी र सात खेलाडीलाई रिटेन गरेको कर्णालीले पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्रीलाई अनुबन्ध गर्‍यो।

कप्तान कुशल मल्ल र पाँच खेलाडीलाई रिटेन गरेको चितवनले अक्सनमा देव खनाल र अर्जुन साउद पायो। विशलिस्टबाट बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार थपिए।

करण केसीसहित छ खेलाडीलाई रिटेन गरेको काठमाण्डुले अक्सनबाट उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम अनुबन्ध गर्‍यो।

मार्की सन्दीप लामिछाने र पाँच खेलाडीलाई रिटेन गरेको विराटनगरले अक्सनबाट सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी पायो। विशलिस्टबाट शर्वन किस्कु र शंकर राना आए।

कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल र कृष्ण पौडेल भित्रायो। विशलिस्टबाट सन्दीप खत्री क्षेत्री थपियो।

कप्तान रोहित पौडेल र पाँच खेलाडीलाई रिटेन गरेको लुम्बिनीले अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ल पायो। विशलिस्टबाट दुर्गेश गुप्ता र आदिल खान पनि टोलीमा छन्।

दोस्रो संस्करणको तयारी तीव्र भइरहेको एनपीएलमा अब विदेशी खेलाडी चयनपछि टिमहरूको स्क्वाड पूर्ण हुनेछ। क्रिकेटप्रेमीका लागि यो वर्षको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Exit mobile version