KATHMANDU DAINIK

नेपाली महिला भलिबल टोलीका उषा भण्डारी र पुनम चन्द माल्दिभ्सको क्लबबाट खेल्ने

नेपाली महिला भलिबल, उषा भण्डारी, पुनम चन्द, भाभु एटोल भलिबल, माल्दिभ्स भलिबल प्रतियोगिता, फुलिधु क्लब, विदेशी खेलाडी कोटा, नेपाल भलिबल समाचार, महिला खेलाडी नेपाल
नेपाली महिला भलिबल टोलीका खेलाडी उषा भण्डारी र पुनम चन्द

साउन २८, २०८२।

काठमाडौं – नेपाली महिला भलिबल टोलीका प्रमुख सदस्य उषा भण्डारी र पुनम चन्द माल्दिभ्समा आयोजना हुने भाभु एटोल भलिबल प्रतियोगितामा खेल्ने भएका छन्। दुबै खेलाडीलाई फुलिधुले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको छ।

यो प्रतियोगिता यस वर्ष साउन ३० गतेबाट सुरु हुँदैछ। नेपालबाट भने उषा र पुनम आइतबार नै माल्दिभ्सको लागि प्रस्थान गरिसकेका छन्। उनीहरुको प्रतिभा र खेल कौशलले नेपाली भलिबल प्रेमीहरूमा उत्साह थपिने विश्वास व्यक्त गरिएको छ।

नेपाली महिला भलिबल टोलीका खेलाडी उषा भण्डारी र पुनम चन्द

फुलिधु क्लबले यी दुई खेलाडीलाई विदेशी खेलाडी कोटामा समेटेर आफ्नो टिम बलियो बनाउने योजना बनाएको छ। यसले नेपाली महिला भलिबलको स्तर उकास्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।

Exit mobile version