KATHMANDU DAINIK

नेपाली “मेस्सी” प्रीति राई जोर्डनको इतिहाद क्लबमा अनुबन्धित

प्रीति राई, प्रीति राई फुटबल, प्रीति राई इतिहाद क्लब, नेपाली महिला फुटबल, जोर्डन महिला फुटबल लिग, Nepal women football, Priti Rai Ittihad Club, Nepali football news, APF club Nepal, Kickstart FC India
जोर्डनको इतिहाद क्लबमा अनुबन्ध भएपछि जर्सी सार्वजनिक गर्दै प्रीति राई

साउन २७, २०८२।

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राई जोर्डनको प्रतिष्ठित इतिहाद क्लबमा अनुबन्धित भएकी छन्। यससँगै उनले आफ्नो व्यावसायिक फुटबल यात्रामा नयाँ अध्याय सुरु गरेकी छिन्।

१६ वर्षको उमेरमै सन् २०२१ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी प्रीतिले बंगलादेशविरुद्धको पहिलो खेलमै गोल गर्दै ‘प्लेयर अफ द म्याच’ उपाधि जितेकी थिइन्। सो प्रदर्शनबाट नेपालको क्षेत्रीय फाइनलमा प्रवेशमा उनले महत्वपूर्ण योगदान दिएकी थिइन्।

प्रीतिले आफ्नो करिअरको सुरुवात एपीएफ क्लबबाट गरेकी थिइन्। सन् २०२३ मा उनले भारतको किकस्टार्ट एफसीमा खेल्दै अन्तर्राष्ट्रिय अनुभव बटुलेकी थिइन्। अब जोर्डनको इतिहाद क्लबमा अनुबन्ध भएपछि उनी मध्यपूर्वी लिगमा खेल्ने दुर्लभ अवसर पाउने नेपाली महिला फुटबलरमध्ये एक बनेकी छन्।

प्रीति राई

  • १६ वर्षमै राष्ट्रिय टिम डेब्यू
  • बंगलादेशविरुद्ध पहिलो खेलमै गोल र ‘प्लेयर अफ द म्याच’
  • भारतको किकस्टार्ट एफसीमा एक सिजन
  • अहिले जोर्डनको इतिहाद क्लबमा अनुबन्ध

जोर्डनको महिला फुटबल लिगमा प्रतिस्पर्धी क्लब मानिने इतिहादसँगको यो अनुबन्ध प्रीतिको खेलकुद जीवनमा महत्वपूर्ण मोड हो। उनीसँगको अनुभव र प्रदर्शनले नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय पहिचान बढाउने अपेक्षा गरिएको छ।

Exit mobile version