लुम्बिनी लाभाजको ट्यालेन्ट हन्टबाट युवा खेलाडी जानकी केसी छनोट

जानकी केसी, लुम्बिनी लाभाज, महिला भलिबल लिग, EWVL 2025, वात्सल्य एभरेष्ट महिला भलिबल जानकी केसीलाई लुम्बिनी लाभाजकी म्यानेजर स्तुती निरौलाले सम्झौता पत्र प्रदान गरेकी छिन् ।
जानकी केसी, लुम्बिनी लाभाज, महिला भलिबल लिग, EWVL 2025, वात्सल्य एभरेष्ट महिला भलिबल
जानकी केसीलाई लुम्बिनी लाभाजकी म्यानेजर स्तुती निरौलाले सम्झौता पत्र प्रदान गरेकी छिन् ।

भदौ ९, २०८२।

काठमाडौं – फ्रेन्चाइज टोली लुम्बिनी लाभाजले ट्यालेन्ट हन्ट कार्यक्रममार्फत युवा खेलाडी जानकी केसीलाई आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि छनोट गरेको छ।

लाभाजले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत केसीको नाम सार्वजनिक गरेको हो।

एभरेष्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरे
सहितको प्राविधिक टिमले अन्तिम चरणमा रहेका १२ खेलाडीमध्येबाट केसीलाई छनोट गरेको हो।

लाभाजकी म्यानेजर स्तुती निरौलाले केसीलाई सम्झौतापत्र प्रदान गर्दै भनिन्, स्थानीय प्रतिभालाई मौका दिनु हाम्रो टिमको प्राथमिकता हो। यसले खेलाडीलाई मात्र होइन, टिमको हौसला पनि बढाउनेछ।

लुम्बिनी लाभाजले यसअघि अक्सनमार्फत राष्ट्रिय टिमकी कप्तान अरुणा शाही सहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई अनुबन्धन गरिसकेको छ।

विदेशी खेलाडीका रूपमा भने क्लबले रसियन स्टार भेरोनिका जुभरेभलाई अनुबन्धन गरेको छ। दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।