KATHMANDU DAINIK

ललितपुर क्विन्सलाई आईएमई जनरल इन्स्युरेन्स IGI “आइजिआई” को प्रायोजन

ललितपुर क्विन्स प्रायोजन, एभरेष्ट महिला भलिबल लिग, IME General Insurance, IGI Nepal, महिला भलिबल नेपाल, ललितपुर क्विन्स टोली, सलिना श्रेष्ठ कप्तान, आयशा शाक्य गुडविल एम्बासडर

काठमाडौँस्थित आइजिआईको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो।भदौ ७, २०८२।

काठमाडौँ – एभरेष्ट महिला भलिबल लिगमा सहभागी ललितपुर क्विन्सलाई आईएमई जनरल इन्स्युरेन्स लिमिटेड (आइजिआई) ले प्रायोजन गरेको छ।

शुक्रवार काठमाडौँस्थित आइजिआईको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार ललितपुर क्विन्सले आफ्नो खेल जर्सीमा IGI को लोगो राख्नेछ र कम्पनीको प्रचार–प्रसारमा पनि सहयोग गर्नेछ। सम्झौतापछि सिइओ श्रेष्ठले ललितपुर क्विन्सलाई साथ दिन पाउँदा खुशी लागेको बताए। उनले क्लबले यस संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

क्लब अध्यक्ष रमेश पराजुलीले प्रायोजनका लागि सम्पूर्ण आइजिआई परिवारलाई धन्यवाद दिँदै टोलीको प्रदर्शन उत्कृष्ट रहने प्रतिबद्धता जनाए।

यसपटक पनि ललितपुर क्विन्सलाई उत्सव खड्काले प्रशिक्षकका रूपमा नेतृत्व गर्नेछन् भने टोलीको कप्तान तथा मार्की खेलाडी सलिना श्रेष्ठ हुनेछिन्। अक्सनमार्फत संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेश गरिएको छ।

त्यसैगरी क्लबले आफ्नो गुडविल एम्बासडरमा दक्षिण एसियाली खेलकुद (SAG) की तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ।

एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ सम्म पोखरामा हुने तय भएको छ।

Exit mobile version