KATHMANDU DAINIK

भलिबलकी कविता अस्ट्रेलिया उडे, राष्ट्रिय टिमबाट राजीनामा

कविता भट्ट अस्ट्रेलिया, नेपाली महिला भलिबल खेलाडी विदेश, Volleyball Player Kavita Bhatt Australia, APF Volleyball, Kathmandu Queens, EWVL Nepal, Kavita Bhatt Migration, Nepali Sports Migration, Kavita Bhatt News

साउन २२, २०८२।

काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर कविता भट्टले अस्ट्रेलिया प्रस्थान गरेकी छन्। उनी अब नेपाली भलिबल सीनबाट बाहिरिएकी छन्। नेपाल प्रहरीको एपीएफ क्लबबाट खेल्दै आएकी कविताले हालै राजीनामा दिएकी थिइन्, जुन एपीएफ स्रोतले पुष्टि गरिसकेको छ।

अस्ट्रेलिया जानुअघि कवितालाई टिमका सदस्यहरूले विशेष बिदाई दिएका थिए। उनी नेपाली भलिबलको उदाउँदै गरेकी स्टार खेलाडीमध्येकै एक हुन्। उनले पल्सर स्पोर्ट्स अवार्ड २०२३ मा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी थिइन्।

भट्टले नेपालको तर्फबाट काभा महिला नेसन्स लिग २०२४ मा उपविजेता र काभा च्यालेन्ज कप २०२३ मा तृतीय स्थान प्राप्त गर्ने टोलीमा पनि योगदान दिएकी थिइन्। पछिल्लो एभरेष्ट महिला भलिबल लिग (EWVL) मा उनले गण्डकी थन्डर्सबाट खेलेकी थिइन् भने यो सिजनका लागि उनलाई काठमाडौं क्वीन्सले अनुबन्ध गरिसकेको थियो।

कवितालाई साथीहरूले बिदाई गर्दै

उनको अस्ट्रेलिया पलायनसँगै नेपाली भलिबलले एक प्रतिभाशाली खेलाडी गुमाएको छ भन्ने चिन्ता खेलप्रेमी र प्रशिक्षकहरूमाझ देखिएको छ। युवावस्था र प्रदर्शनको उत्कर्षमा पुगेकी कविताको विदेश प्रस्थान नेपाली खेल क्षेत्रका लागि थप चुनौतीको संकेत मानिएको छ।

नेपालबाट पछिल्लो समय खेलाडीहरू ठूलो संख्यामा विदेशिने क्रम तीव्र बन्दै गएको छ। चाहे फुटबल, कराते, क्रिकेट भलिबल सवै क्षेत्रमा खेलाडीहरू अवसर र भविष्य खोज्दै विदेशिने क्रम बढ्दो छ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट

यसले देशमा खेल व्यवस्थापन र दीर्घकालीन योजना निर्माणप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

Exit mobile version