KATHMANDU DAINIK

महिला भलिबल टिमको जर्सी प्रायोजन खुला, प्रायोजन रकम ५० लाख

 

महिला भलिबल टिम, जर्सी प्रायोजन, नेपाल भलिबल संघ, भलिबल टिम स्पोन्सर, नेपाली खेल समाचार, भलिबल संघ आवेदन, महिला भलिबल नेपाल, काभा नेशन्स लिग, खेलकुद प्रायोजन, नेपाल खेल प्रायोजन

भदौ १, २०८२।

काठमाडौं – नेपाली महिला राष्ट्रिय भलिबल टिमको जर्सी प्रायोजनका लागि नेपाल भलिबल संघ (NVA) ले आवेदन खुला गरेको छ। संघले सार्वजनिक सूचना जारी गर्दै इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई निर्धारित म्यादभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको हो।

संघका अनुसार प्रायोजनको अवधि २ वर्ष हुनेछ भने प्रायोजकको ब्रान्ड लोगो टिमको जर्सीको अगाडिको भागमा राखिनेछ। यसका लागि न्यूनतम वार्षिक प्रायोजन रकम ५० लाख रुपैयाँ तोकिएको छ।

प्रायोजनमा इच्छुक संस्था, कम्पनी वा फर्महरूले आवश्यक कागजातसहितको आवेदन २०७९ भदौ १५ गते साँझ ५ बजेसम्म संघको त्रिपुरेश्वरस्थित कार्यालय वा संघको आधिकारिक इमेल ठेगाना मार्फत बुझाउनु पर्नेछ।

जर्सी प्रायोजनका लागि सूचना

संघले प्राप्त आवेदनहरू स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफ्नो हुने स्पष्ट गरेको छ।

पछिल्लो समय नेपाली महिला भलिबल टिमले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। टिमले आउँदो नोभेम्बरमा काभा वुमन्स नेसन्स लिग घरेलु मैदानमै खेल्ने तयारी गरिरहेको छ। यस सन्दर्भमा भलिबल संघले जर्सी प्रायोजनमार्फत टिमको थप सशक्तिकरण र ब्रान्ड साझेदारीको अवसर प्रदान गर्न खोजेको छ।

Exit mobile version