साउन २८, २०८२।
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेश विरुद्ध आगामी दुई मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस बारे जानकारी दिएको छ।
नेपालले सेप्टेम्बर ६ र ९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। प्रशिक्षक रसले टोली छनोटका लागि ट्रायलसमेत गरेका थिए र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रशिक्षणमा बोलाएका हुन्।
प्रारम्भिक टोलीमा रहेका खेलाडीहरूले आगामी अभ्यास र प्रशिक्षण सत्रमा सहभागी भई फाइनल टोलीमा छनोटका लागि तयारी गर्नेछन्।