KATHMANDU DAINIK

एनपीएल “NPL” मिनी अक्सनमा आदिल १५ लाखमा काठमान्डु गोर्खाजमा अनुबन्ध

एनपीएल मिनी अक्सन २०८२, आदिल आलम अन्सारी, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग क्रिकेट, NPL Mini Auction Nepal, नेपाली क्रिकेट अक्सन, एनपीएल खेलाडी अनुबन्ध, Kathmandu Gorkhas Adil Alam, Nepali Cricket News, एनपीएल ताजा समाचार
लक्की ड्र बाट आदिल आलमलाई पाएपछिको खुसीमा काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईसहित पदाधिकारी ।

साउन २५, २०८२।

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सिजन–२ को मिनी अक्सनमा शनिबार आदिल आलम अन्सारी सबैभन्दा चर्चित खेलाडी बने। सबै ८ फ्रेन्चाइज टोलीको बोलीमा परेका उनी अन्ततः लक्की ड्र मार्फत काठमान्डु गोर्खाजले १५ लाखमा आफ्नो टोलीमा भित्र्यायो।

ए श्रेणीमा रहेका आदिलको न्यूनतम मूल्य १० लाख थियो। सबै टोलीले अधिकतम १५ लाखसम्म बोली लगाएपछि गोलाप्रथाबाट गोर्खाज भाग्यमानी सावित भयो। गत वर्षको अक्सनमा बारम्बार ‘लक्की ड्र’मा असफल भएको गोर्खाज यसपटक सबैभन्दा बढी प्रतीक्षित खेलाडी पाउन सफल रह्यो।

गोर्खाजले यसअघिको ४३ लाख बजेटमध्ये ३७ लाख खर्च गर्दै आदिलसँगै देब्रेहाते स्पिनर सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई अनुबन्ध गर्‍यो।

आदिल आलम

अक्सनमा १६१ मध्ये ३७ खेलाडीमा मात्र बोली लाग्यो। चितवन राइनोज ३९ लाख खर्च गर्दै सबैभन्दा ठूलो खर्च गर्ने टोली रह्यो। लुम्बिनी लायन्सले ३२ लाख, कर्णाली याक्सले २९ लाख, विराटनगर किंग्सले २७ लाख, सुदूरपश्चिम रोयल्सले २४ लाख, जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार र पोखरा एभेन्जर्सले ११ लाख खर्च गरे।

३ वर्षअघि स्पट फिक्सिङको आरोप लागेका आदिललाई हालै मात्र क्यानले राष्ट्रिय प्रतियोगिता खेल्न अनुमति दिएको हो। यसपटकको अक्सनमा शरद भेषावकर, सुनिल धमला र सुनाम गौतमजस्ता ए श्रेणीका खेलाडीले भने कुनै बोली पाएनन्।

Exit mobile version