भलिबलकी कविता अस्ट्रेलिया उडे, राष्ट्रिय टिमबाट राजीनामा

कविता भट्ट अस्ट्रेलिया, नेपाली महिला भलिबल खेलाडी विदेश, Volleyball Player Kavita Bhatt Australia, APF Volleyball, Kathmandu Queens, EWVL Nepal, Kavita Bhatt Migration, Nepali Sports Migration, Kavita Bhatt News

साउन २२, २०८२।

काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर कविता भट्टले अस्ट्रेलिया प्रस्थान गरेकी छन्। उनी अब नेपाली भलिबल सीनबाट बाहिरिएकी छन्। नेपाल प्रहरीको एपीएफ क्लबबाट खेल्दै आएकी कविताले हालै राजीनामा दिएकी थिइन्, जुन एपीएफ स्रोतले पुष्टि गरिसकेको छ।

अस्ट्रेलिया जानुअघि कवितालाई टिमका सदस्यहरूले विशेष बिदाई दिएका थिए। उनी नेपाली भलिबलको उदाउँदै गरेकी स्टार खेलाडीमध्येकै एक हुन्। उनले पल्सर स्पोर्ट्स अवार्ड २०२३ मा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी थिइन्।

भट्टले नेपालको तर्फबाट काभा महिला नेसन्स लिग २०२४ मा उपविजेता र काभा च्यालेन्ज कप २०२३ मा तृतीय स्थान प्राप्त गर्ने टोलीमा पनि योगदान दिएकी थिइन्। पछिल्लो एभरेष्ट महिला भलिबल लिग (EWVL) मा उनले गण्डकी थन्डर्सबाट खेलेकी थिइन् भने यो सिजनका लागि उनलाई काठमाडौं क्वीन्सले अनुबन्ध गरिसकेको थियो।

कविता भट्ट अस्ट्रेलिया, नेपाली महिला भलिबल खेलाडी विदेश, Volleyball Player Kavita Bhatt Australia, APF Volleyball, Kathmandu Queens, EWVL Nepal, Kavita Bhatt Migration, Nepali Sports Migration, Kavita Bhatt News
कवितालाई साथीहरूले बिदाई गर्दै

उनको अस्ट्रेलिया पलायनसँगै नेपाली भलिबलले एक प्रतिभाशाली खेलाडी गुमाएको छ भन्ने चिन्ता खेलप्रेमी र प्रशिक्षकहरूमाझ देखिएको छ। युवावस्था र प्रदर्शनको उत्कर्षमा पुगेकी कविताको विदेश प्रस्थान नेपाली खेल क्षेत्रका लागि थप चुनौतीको संकेत मानिएको छ।

नेपालबाट पछिल्लो समय खेलाडीहरू ठूलो संख्यामा विदेशिने क्रम तीव्र बन्दै गएको छ। चाहे फुटबल, कराते, क्रिकेट भलिबल सवै क्षेत्रमा खेलाडीहरू अवसर र भविष्य खोज्दै विदेशिने क्रम बढ्दो छ।

कविता भट्ट अस्ट्रेलिया, नेपाली महिला भलिबल खेलाडी विदेश, Volleyball Player Kavita Bhatt Australia, APF Volleyball, Kathmandu Queens, EWVL Nepal, Kavita Bhatt Migration, Nepali Sports Migration, Kavita Bhatt News
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट

यसले देशमा खेल व्यवस्थापन र दीर्घकालीन योजना निर्माणप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।