KATHMANDU DAINIK

महिला एशियन कप छनोटमा आज नेपाल र साउदी अरेबिया आमनेसामने

नेपाल बनाम साउदी अरेबिया यू–२० महिला फुटबल, एएफसी यू–२० महिला एशियन कप छनोट २०२५, नेपाल महिला फुटबल टिम, भुटान यू–२० महिला फुटबल, उत्तर कोरिया महिला यू–२०, नेपाल फुटबल समाचार, थिम्पु चाङलिमिथाङ स्टेडियम, एशियन कप छनोट नेपाल, नेपाल बनाम साउदी अरेबिया खेल समय, यू–२० महिला फुटबल ताजा अपडेट

साउन २३, २०८२।

काठमाडौं – भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा जारी एएफसी यू–२० महिला एशियन कप छनोट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । समूह ‘बी’ अन्तर्गत नेपालले साउदी अरेबियाविरुद्ध दिउँसो पौने २ बजे प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेलमा आयोजक भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । पहिलो हाफमै अग्रता लिए पनि अन्तिमतिर गोल खाएर अंक बाँड्नु परेको हो । यस नतिजाले नेपाललाई समूहविजेता बन्ने यात्रामा अलि चुनौती थपिएको छ, किनकि बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग अझै खेल्न बाँकी छ।

साउदी अरेबियाले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को ठूलो हार बेहोरेको छ । त्यसैले आजको खेलमा उनीहरू पनि पहिलो अंकको खोजीमा मैदान उत्रनेछन्।

प्रतियोगितामा हरेक समूहको विजेता सिधै एशियन कपका लागि छनोट हुनेछ भने तीनै समूहका बीचबाट उत्कृष्ट दुई उपविजेताले पनि अवसर पाउनेछन् । त्यसैले नेपालका लागि आजको खेल जित्नु अत्यन्तै महत्वपूर्ण मानिएको छ।

Exit mobile version