KATHMANDU DAINIK

कर्णाली मन्त्रिपरिषद्को निर्णय: छैटौं अधिवेशन अन्त्य सिफारिस

कर्णाली प्रदेश अधिवेशन, सचिव ढोलकराज ढकाल सरुवा, जुनीचाँदे केन्द्र, पत्रकारिता पुरस्कार, Karnali Cabinet Decisions, Province Assembly Session End, Administrative Reshuffle, Dholkaraj Dhakal Transfer, Junichande Rural Municipality, Karnali Monitoring Committee

साउन २१, २०८२।

सुर्खेत – कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेशसभाको छैटौं अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले विभिन्न प्रशासनिक निर्णयसमेत लिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको छ।

साथै सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेशअनुसार जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं. ४ लुहादहमा तोक्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’ स्वीकृत गरेको छ। साथै प्रदेश सरकारका कार्यालयहरूमा सूचना अधिकारीको प्रभावकारिता अनुगमन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णय पनि लिएको छ।

Exit mobile version