KATHMANDU DAINIK

क्रिकेटपछि संगीतमा सन्दीप लामिछानेको यात्रा: सन्सी प्रोडक्सनमार्फत नयाँ अध्याय सुरु

साउन २१, २०८२।

काठमाडौं – नेपाली क्रिकेटका स्टार सन्दीप लामिछाने अब संगीतको दुनियाँमा पनि आफ्नो पहिचान बनाउँदै छन्। सामाजिक सञ्जालमार्फत उनले ‘Sancy Production’ नामक म्युजिक कम्पनीको CEO बनेर संगीत क्षेत्रमा औपचारिक यात्रा सुरु गरेको जानकारी दिएका छन्।

सन्दीपले फेसबुकमार्फत लेखेका छन्, क्रिकेटरको रूपमा संगीत सधैं हाम्रो कथाको हिस्सा रहँदै आएको छ। जितपछि ‘रातो र चन्द्र सूर्य’ गाउनेदेखि गीतमार्फत हरेक भावना व्यक्त गर्नेसम्म संगीतले हामीलाई जोडेको छ।

उनले अबदेखि प्रतिभाशाली कलाकारहरूसँग सहकार्य गर्दै हृदय छुने संगीत सिर्जना गर्ने योजना रहेको पनि उल्लेख गरेका छन्। सन्दीपले लेखेका छन्, तपाईंहरूको मायाका लागि आभारी छु। म नेपालको लागि मेरो उत्कृष्ट दिनेछु, मैदान र संगीत दुवैमार्फत।

उनको यो नयाँ सुरुवातले फ्यानहरूमा उत्साह थपेको छ। सामाजिक सञ्जालहरूमा उनलाई बधाई तथा शुभकामना दिनेहरूको ओइरो लागेको छ।

सन्दीप लामिछाने संगीत यात्रा, Sandeep Lamichhane Music Career, Sancy Production CEO, नेपाली क्रिकेटर संगीतमा, Sandeep Lamichhane songs, Nepali music production, cricket to music, सन्सी प्रोडक्सन सिइओ, सन्दीपको नयाँ योजना, Nepali cricket star news, Cricketer turned musician, Nepali artist collaboration

Exit mobile version