साउन २५, २०८२।
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशसँग आफ्नो वैवाहिक अवस्थाबारे झुटो बोलेको आरोप लगाएका छन्।
शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाले भने धनराज गुरुङले ‘मेरो डिभोर्स भइसकेको छ भनेर देशलाई झुटो बोल्नुभयो तर उहाँ अमेरिकातिर हनिमुनमा रहेको तस्बिरहरू हामीले देख्यौँ।
धनराज गुरुङकी पूर्व पत्नी ज्योति गुरुङमाथि ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप छ। यही विषयलाई लिएर दुवैबीच सम्बन्ध विच्छेद भएको भन्ने दाबी गरिएको थियो। रास्वपाले यो ‘नक्कली डिभोर्स’ भएको र अमेरिकामा उनीहरूलाई सँगै देखिएको भन्दै प्रश्न उठाएको छ।
यस विषयमा नेपाली कांग्रेस नेतृत्व वा धनराज गुरुङ पक्षबाट आधिकारिक प्रतिक्रिया आएको छैन।