KATHMANDU DAINIK

मुकुल ढकालको रिट सर्वोच्च अदालतबाट खारेज

मुकुल ढकाल, रास्वपा, मुकुल ढकाल रिट, सर्वोच्च अदालत, रास्वपा विवाद, राष्ट्रिय स्वतन्त्र पार्टी, मुकुल ढकाल रिट खारेज, नेपाली राजनीति, मुकुल ढकाल पदाधिकारी विवाद

साउन २७, २०८२।

काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले आफ्नो पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

ढकालले निर्वाचन आयोगको पत्रको आधारमा पार्टीमा गरिएको कारबाहीविरुद्ध मुद्दा दायर गरेका थिए । सर्वोच्चले उक्त रिट खारेज गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाउन निर्देशन दिएको छ।

ढकाललाई पार्टीले कारबाही गरे पनि निर्वाचन आयोगले अझै पदाधिकारीमा भएको हेरफेर अद्यावधिक गरेको छैन ।यो घटना संगै राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक विवाद अझै टुंगिएको छैन भने राजनीतिक तहमा यसको असर पनि देखिन थालेको छ ।

Exit mobile version