KATHMANDU DAINIK

सांसदहरूको उपस्थिति बिना संसद अवरुद्ध: कहाँ जान्छन् संसद ?

सांसद अनुपस्थिति, संसद बैठक, सूचना प्रविधि विधेयक, साइबर सुरक्षा विधेयक, प्रतिनिधिसभा गणपूरक संख्या, सांसदको लापरवाही, नेपाली राजनीति, संसद कोरम नपुग, प्रधानमन्त्री ओली सम्बोधन, कांग्रेस एमाले सांसद

साउन २९, २०८२।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि बुधबारको प्रतिनिधिसभा बैठकमा संसद्का अधिकांश सांसदहरू उपस्थित भए पनि, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि निर्णय गर्नुपर्दा सांसदहरूको संख्या न्यून भयो।

सभामुख देवराज घिमिरेले गणपूरक संख्या सुनिश्चित गर्न तीन मिनेटको घण्टी बजाएर संसद सचिवालयलाई निर्देशन दिए। गणनामा ६९ सांसद आवश्यक पर्दा केवल ६६ सांसद मात्र उपस्थित रहेको पाइयो जसका कारण प्रस्ताव निर्णयार्थ पेश गर्न सकेन।

सत्तारूढ दलहरू कांग्रेस र एमालेसँग मात्र १६४ सांसद भए पनि उनीहरू नै अनुपस्थित देखिए। जसले गर्दा विधेयक कार्यान्वयनमा बाधा पुगेको हो।

संसदमा गणपूरक संख्या (६९ सांसद) नपुग्दा महत्त्वपूर्ण विधेयक निर्णयार्थ प्रस्तुत हुन सकेन।

सत्ता गठबन्धनका प्रमुख दल कांग्रेस र एमालेका १६४ सांसद भए पनि उपस्थित कम।

विपक्षी र सत्तापक्ष दुबैका सांसद बैठकबाट बाहिरिएपछि विधेयक निर्णय असम्भव।

मुख्य सचेतकहरूको आक्रोश: सांसद बन्ने होड तर संसद नबस्ने प्रवृत्ति।

बैठक गणपूरक संख्या नपुगेपछि बिहीबारका लागि स्थगित।

संसदीय मर्यादा र अनुशासनको कमीमाथि एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे दुवैले सांसदहरूलाई आक्रोशपूर्वक प्रश्न उठाएका छन्। सांसद बनेर संसद नबस्ने हो भने किन सांसद बन्ने?

विपक्षी द्ल माओवादी सांसद माधव सापकोटाले भने सत्तारूढ दलले संसदमा बहुमतको घमण्ड देखाए पनि विधायिकी कार्यमा गम्भीरता नदेखाएको आरोप लगाए।

 

Exit mobile version