KATHMANDU DAINIK

एपिएफ क्लबलाई केल्मीको प्रायोजन निरन्तर

केल्मी नेपाल, एपिएफ क्लब प्रायोजन, खेल पोशाक छुट, एपिएफ फुटबल टोली, केल्मी अफर, नेपाल खेलकुद समाचार, सशस्त्र प्रहरी बल खेलकुद, APF sports sponsorship, Kelme Nepal sportswear.
कामारु ट्रेडिङ प्रालि’ का प्रबन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल एपिएफ क्लबका अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिना सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै

साउन २०, २०८२।

काठमाडौं – केल्मी नेपालले सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) खेलकुद तथा शारीरिक सुगठन शिक्षालय अन्तर्गतको नेपाल एपिएफ क्लबसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच केल्मी नेपालका आधिकारिक विक्रेता ‘कामारु ट्रेडिङ प्रालि’ का प्रबन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल एपिएफ क्लबका अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाले पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

नयाँ सम्झौताअनुसार केल्मी नेपालले एपिएफ क्लबलाई खेल पोशाक र खेलकुद सामाग्री छुटमा उपलब्ध गराउनेछ। यो छुट सुविधा पाँच वर्षसम्म लागू हुने जनाइएको छ।

यो सुविधा सिनियर महिला तथा पुरुष फुटबल टोली, महिला/पुरुष भलिबल टोली, यू–१६ र यू–१८ फुटबल टिम, ग्रासरुट फुटबल र ब्याडमिन्टन सम्म सिमित रहनेछ।

सम्झौताअनुसार सशस्त्र प्रहरी बलका हाल कार्यरत, अवकाश प्राप्त (भूपू), सहादत प्राप्त अमर सशस्त्र प्रहरीका परिवार, नेपाल एपीएफ स्कुल, महिला संघ तथा एपिएफ क्लबमा संलग्न खेलाडी, प्रशिक्षक लगायतले पनि देशभरका केल्मी विक्री केन्द्रहरूबाट निश्चित छुटमा सामग्री खरिद गर्न पाउने छन्।

एपिएफ क्लबसँग लामो समयदेखि सहकार्य गर्दै आएको केल्मी ब्रान्ड नेपालमा खेलकुद प्रवर्द्धनमा अग्रसर ब्रान्डका रूपमा चिनिँदै आएको छ। यसपटकको सम्झौताले आगामी वर्षहरूमा एपिएफ क्लबलाई खेल सामाग्री व्यवस्थापनमा थप सहज हुने अपेक्षा गरिएको छ।

Exit mobile version