KATHMANDU DAINIK

आरआर क्याम्पसमा राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

आरआर क्याम्पसमा 

साउन २०,२०८२।

काठमाडौं – काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर क्याम्पस) मा भदौ २२ गतेदेखि २७ गतेसम्म हुने राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता “आरआर स्ववियु कप–२०८२” को घोषणा गरिएको छ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आरआर क्याम्पसद्वारा आयोजना गरिने प्रतियोगिता नेपालको क्याम्पसस्तरमै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ।

छ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरिका विभिन्न क्याम्पसहरूबाट आउने टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूबीच सहकार्य, अनुशासन र एकताको भावना विकास गर्नु हो।

स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले भने, भलिबलमार्फत हामी विद्यार्थीहरूमा नेतृत्व, अनुशासन, टीमवर्क र राष्ट्रिय एकताको भावना विकास गर्न चाहन्छौं।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

पहिलो स्थान: ३ लाख रुपैयाँ नगद + ट्रफी + प्रमाणपत्र
दोस्रो स्थान: २ लाख रुपैयाँ नगद + ट्रफी + प्रमाणपत्र
तेस्रो स्थान: १ लाख रुपैयाँ नगद + ट्रफी + प्रमाणपत्र

प्रतियोगितालाई सफल बनाउनको लागि आरआर क्याम्पसका विद्यार्थी, शिक्षक, प्रशासन, भूतपूर्व विद्यार्थी तथा खेलप्रेमीहरू सक्रिय छन्। देशभरका क्याम्पसहरूलाई प्रतियोगितामा सहभागिता जनाउनका लागि खुला आमन्त्रण गरिएको छ। आयोजकले सहभागिता जनाउने टोलीहरूलाई आवश्यक व्यवस्थापनमा समेत सहयोग गर्ने जानकारी दिएको छ।

Exit mobile version