KATHMANDU DAINIK

एनपिएल अक्सनको तयारी १५० खेलाडीको अन्तिम सूची सर्वाजनिक

एनपिएल अक्सन, नेपाल प्रिमियर लिग २०८२, क्यान खेलाडी सूची, NPL player auction 2025, Nepal Cricket, क्रिकेट नेपाल, NPL 2025 players list, Nepali cricketers auction, cricket updates Nepal, NPL teams and players, NPL 2nd edition, CAN Nepal news, नेपाली प्रिमियर लिग अक्सन

साउन २१, २०८२।

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको तयारी अन्तर्गत आज १५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले देशभरबाट आवेदन दिएका ४५८ खेलाडीहरूमध्येबाट छनोट गर्दै अक्सनको लागि योग्य ठहर भएका खेलाडीहरूको नाम घोषणा गरेको हो।

क्यानले दिएको जानकारीअनुसार एनपिएलमा सहभागी हुने आठवटै फ्रेन्चाइज टोलीको माग र संघको प्राविधिक समितिको मूल्यांकनका आधारमा खेलाडी छनोट गरिएको छ।
अन्तिम सूचीमा रहेका खेलाडीहरूलाई तीनवटा श्रेणीमा वर्गीकरण गरिएको छ।

श्रेणी ‘ए’ मा ८ जना खेलाडी परेका छन्: अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम।

श्रेणी ‘बी’ मा ३५ जना खेलाडी छन्, जसमा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की र प्रज्वल थापालगायतको नाम छ।
श्रेणी ‘सी’ मा भने १०७ जना खेलाडी समावेश छन्।

एनपिएल अक्सन कार्यक्रम साउन २४ गतेका लागि तय गरिएको क्यानले जनाएको छ। अक्सनपछि आठवटै फ्रेन्चाइज टोलीहरूले सार्वजनिक भएका सूचीका खेलाडीहरूबाट आफ्नो आवश्यकता अनुसार टिम गठन गर्नेछन्।

यो प्रतियोगिता नेपाली क्रिकेटको विकास र सम्भावनाका लागि महत्त्वपूर्ण मानिएको छ। राष्ट्रियस्तरका अनुभवी खेलाडीहरू सहित युवा सम्भावनाहरूको मिश्रणले अक्सनलाई थप प्रतिस्पर्धात्मक बनाउने अनुमान गरिएको छ।

घरेलु मैदानमै हुने एनपिएलको दोस्रो संस्करणप्रति क्रिकेटप्रेमीहरू, खेलाडी, विज्ञ र प्रायोजक सबैको चासो उत्तिकै छ। प्रतियोगिताले नयाँ प्रतिभाहरू उजागर गर्ने र नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Exit mobile version