एनपिएल अक्सनको तयारी १५० खेलाडीको अन्तिम सूची सर्वाजनिक

एनपिएल अक्सन, नेपाल प्रिमियर लिग २०८२, क्यान खेलाडी सूची, NPL player auction 2025, Nepal Cricket, क्रिकेट नेपाल, NPL 2025 players list, Nepali cricketers auction, cricket updates Nepal, NPL teams and players, NPL 2nd edition, CAN Nepal news, नेपाली प्रिमियर लिग अक्सन

साउन २१, २०८२।

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको तयारी अन्तर्गत आज १५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले देशभरबाट आवेदन दिएका ४५८ खेलाडीहरूमध्येबाट छनोट गर्दै अक्सनको लागि योग्य ठहर भएका खेलाडीहरूको नाम घोषणा गरेको हो।

क्यानले दिएको जानकारीअनुसार एनपिएलमा सहभागी हुने आठवटै फ्रेन्चाइज टोलीको माग र संघको प्राविधिक समितिको मूल्यांकनका आधारमा खेलाडी छनोट गरिएको छ।
अन्तिम सूचीमा रहेका खेलाडीहरूलाई तीनवटा श्रेणीमा वर्गीकरण गरिएको छ।

एनपिएल अक्सन, नेपाल प्रिमियर लिग २०८२, क्यान खेलाडी सूची, NPL player auction 2025, Nepal Cricket, क्रिकेट नेपाल, NPL 2025 players list, Nepali cricketers auction, cricket updates Nepal, NPL teams and players, NPL 2nd edition, CAN Nepal news, नेपाली प्रिमियर लिग अक्सन

श्रेणी ‘ए’ मा ८ जना खेलाडी परेका छन्: अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम।

श्रेणी ‘बी’ मा ३५ जना खेलाडी छन्, जसमा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की र प्रज्वल थापालगायतको नाम छ।
श्रेणी ‘सी’ मा भने १०७ जना खेलाडी समावेश छन्।

एनपिएल अक्सन कार्यक्रम साउन २४ गतेका लागि तय गरिएको क्यानले जनाएको छ। अक्सनपछि आठवटै फ्रेन्चाइज टोलीहरूले सार्वजनिक भएका सूचीका खेलाडीहरूबाट आफ्नो आवश्यकता अनुसार टिम गठन गर्नेछन्।

एनपिएल अक्सन, नेपाल प्रिमियर लिग २०८२, क्यान खेलाडी सूची, NPL player auction 2025, Nepal Cricket, क्रिकेट नेपाल, NPL 2025 players list, Nepali cricketers auction, cricket updates Nepal, NPL teams and players, NPL 2nd edition, CAN Nepal news, नेपाली प्रिमियर लिग अक्सन

यो प्रतियोगिता नेपाली क्रिकेटको विकास र सम्भावनाका लागि महत्त्वपूर्ण मानिएको छ। राष्ट्रियस्तरका अनुभवी खेलाडीहरू सहित युवा सम्भावनाहरूको मिश्रणले अक्सनलाई थप प्रतिस्पर्धात्मक बनाउने अनुमान गरिएको छ।

घरेलु मैदानमै हुने एनपिएलको दोस्रो संस्करणप्रति क्रिकेटप्रेमीहरू, खेलाडी, विज्ञ र प्रायोजक सबैको चासो उत्तिकै छ। प्रतियोगिताले नयाँ प्रतिभाहरू उजागर गर्ने र नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।