आरआर क्याम्पसमा राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

आरआर क्याम्पसमा 

आरआर क्याम्पसमा 

साउन २०,२०८२।

काठमाडौं – काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर क्याम्पस) मा भदौ २२ गतेदेखि २७ गतेसम्म हुने राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता “आरआर स्ववियु कप–२०८२” को घोषणा गरिएको छ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आरआर क्याम्पसद्वारा आयोजना गरिने प्रतियोगिता नेपालको क्याम्पसस्तरमै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ।

छ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरिका विभिन्न क्याम्पसहरूबाट आउने टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूबीच सहकार्य, अनुशासन र एकताको भावना विकास गर्नु हो।

स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले भने, भलिबलमार्फत हामी विद्यार्थीहरूमा नेतृत्व, अनुशासन, टीमवर्क र राष्ट्रिय एकताको भावना विकास गर्न चाहन्छौं।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

पहिलो स्थान: ३ लाख रुपैयाँ नगद + ट्रफी + प्रमाणपत्र
दोस्रो स्थान: २ लाख रुपैयाँ नगद + ट्रफी + प्रमाणपत्र
तेस्रो स्थान: १ लाख रुपैयाँ नगद + ट्रफी + प्रमाणपत्र

प्रतियोगितालाई सफल बनाउनको लागि आरआर क्याम्पसका विद्यार्थी, शिक्षक, प्रशासन, भूतपूर्व विद्यार्थी तथा खेलप्रेमीहरू सक्रिय छन्। देशभरका क्याम्पसहरूलाई प्रतियोगितामा सहभागिता जनाउनका लागि खुला आमन्त्रण गरिएको छ। आयोजकले सहभागिता जनाउने टोलीहरूलाई आवश्यक व्यवस्थापनमा समेत सहयोग गर्ने जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।