KATHMANDU DAINIK

काठमाडौं महानगरबाट एमएमए फाइटर रवीन्द्र ढाट र खो खो टोलिलाई सम्मान

काठमाडौं महानगरपालिका, रवीन्द्र ढाट, एमएमए फाइटर नेपाल, म्याट्रिक्स फाइट नाइट १७, एमएफएन १७, खो खो विश्वकप २०२५, खो खो नेपाल, नेपाली खेलाडी सम्मान, बालेन शाह, महिला खो खो टोली नेपाल, पुरुष खो खो टोली नेपाल, खेल समाचार नेपाल, बझाङका रवीन्द्र ढाट, नेपाल खेल उपलब्धि, नोएडा एमएमए प्रतियोगिता
काठमाडौं महानगर द्वारा सम्मान

साउन २७, २०८२।

काठमाडौं – काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का विजेता नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। प्रथम खो खो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ (जम्मा २२ लाख) प्रदान गरिएको छ।

सम्मान समारोहमा महानगर प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत, तथा सामाजिक विकास समितिका संयोजक रामकुमार केसीको उपस्थिति थियो। केसीले यस्ता खेलहरूले नेपालको गौरव बढाउने भन्दै खेलाडीहरूलाई निरन्तर प्रोत्साहन आवश्यक भएको बताए।

काठमाडौं महानगर

भारतको नोएडामा आयोजित एमएफएन १७ मा बझाङका रवीन्द्र ढाटले बान्टमवेट उपाधि जितेका थिए। उनले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा पुर्‍याए। यो उपलब्धि हासिल गर्ने उनी पहिलो नेपाली बनेका छन् ।

खो खोमा, पुरुष टोलीले नयाँ दिल्लीमा भएको फाइनलमा भारतसँग ५४–३६ ले हार बेहोरेको थियो भने महिला टोली ७८–४० ले पराजित भएको थियो। दुवै टोलीका कप्तानहरूले सम्मानले आगामी प्रतिस्पर्धामा अझ राम्रो खेल प्रदर्शन गर्ने आत्मविश्वास दिएको प्रतिक्रिया दिएका छन्।

नेपालको टिम यो खेलमा पहिलोपटक विश्वकप फाइनलसम्मकोयात्रामा पुगेको हो, जसलाई खेल इतिहासमा महत्वपूर्ण उपलब्धि मानिएको छ।

 

Exit mobile version