KATHMANDU DAINIK

कोपा अमेरिका २०२५ ब्राजिललाई उपाधि

साउन १९, २०८२।

काठमाडौं – दक्षिण अमेरिकी महिला फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका फेमिनिना को २०२५ संस्करणमा ब्राजिलले आफ्नो वर्चस्व कायम राख्दै नवौँ पटक उपाधि जितेको छ। फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै ब्राजिलले उपाधि उचालेको हो। यस जितमा ब्राजिलियन लिजेन्ड मार्ताको पुनरागमन निर्णायक बन्यो।

३९ वर्षीया मार्ताले इन्जुरी समयमा दुई गोल गर्दै खेललाई रोमाञ्चक बनाइन्। उनी खेलको ८२औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन्। अन्तिम समयको छैटौं मिनेटमा बराबरी गोल गरेपछि थप समयमा अर्को गोल गर्दै ब्राजिललाई अग्रता दिलाइन्। तर, कोलम्बियाकी लेइसी सान्तोसले ११५औं मिनेटमा बराबरी गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्‍याइन्।

पेनाल्टीमा ब्राजिलका लागि गोलकिपर लोरेना डा सिल्भा नायक बनिन्। उनले कोलम्बियाका दुई पेनाल्टी प्रहार रोक्दै टोलीलाई लगातार पाँचौं उपाधि जिताउने योगदान दिइन्।

मार्ता विश्व फुटबलमा ऐतिहासिक नाम हो। उनी छपटक विश्वकै उत्कृष्ट महिला खेलाडी घोषित भइसकेकी छन्। सन् २००७ को विश्वकपमा उपविजेता बनेकी मार्ताले ओलम्पिकमा समेत तीनपल्ट फाइनल खेलेकी छिन्, यद्यपि उपाधि भने जित्न सकेकी छैनन्।

मार्ता ब्राजिल महिला फुटबल, कोपा अमेरिका फेमिनिना २०२५, ब्राजिल बनाम कोलम्बिया, मार्ता पुनरागमन गोल, ब्राजिल महिला फुटबल उपाधि, कोपा अमेरिका महिला फाइनल, महिला फुटबल समाचार, ब्राजिल कोपा अमेरिका इतिहास, Marta Copa America 2025

गत वर्ष पेरिस ओलम्पिकको फाइनलमा हारपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेकी थिइन्। तर मे महिनामा संन्यास फिर्ता लिँदै कोपा अमेरिका खेल्ने निर्णय गरिन्।

यस पटक उनी टोलीमा थिइन् तर अधिकतर समय बेन्चमै सीमित रहिन्। फाइनलमा पनि सुरुवाति ११ मा स्थान नपाए पनि अन्त्यका क्षणहरूमा मैदानमा उपस्थित भइ खेलको लय नै परिवर्तन गरिदिइन्।

ब्राजिलका लागि गोल
एन्जेलिना एलोन्सो (४५औं मिनेट)
अमान्डा गुटिरेस (८०औं मिनेट)
मार्ता (९०+६ र अतिरिक्त समय)

कोलम्बियाका लागि गोल
लिन्डा काइसेडो (२५औं मिनेट)
टार्सियान (आत्मघाती गोल, ६९औं मिनेट)
मायरा रामिरेज (८८औं मिनेट)
लेइसी सान्तोस (११५औं मिनेट)

ब्राजिलले कोपा अमेरिकाको १० संस्करणमध्ये ९ पटक उपाधि जितेको छ। फाइनलमा ब्राजिलको एक मात्र हार सन् २००६ मा अर्जेन्टिनासँग भएको थियो।
विश्वकपमा ब्राजिल २००७ मा उपविजेता बनेको थियो तर उपाधि भने जित्न सकेको छैन।
मार्ताले ब्राजिलको जर्सीमा २०६ खेलमा १२२ गोल गरिसकेकी छन्।

प्रशिक्षक अर्थर इलियासले फाइनलपछि भने,मार्ताले फेरि प्रमाणित गरिन् कि अनुभव र प्रेरणाले खेलको मोड बदल्न सक्छ। उनी मैदानमा आएपछि खेलको सम्पूर्ण वातावरण परिवर्तन भयो।

कोपा अमेरिकाको इतिहास हेर्दा ब्राजिल महिला फुटबलमा अग्रणी राष्ट्र हो। उनीहरूको निरन्तर प्रदर्शनले नारी फुटबललाई नयाँ उचाइमा पुर्‍याएको छ। यसपालिको फाइनलमा पनि तीनपल्ट पछि परेको अवस्थामा जित निकाल्नु ब्राजिलको मानसिक दृढता र खेल कौशलको उत्कृष्ट उदाहरण हो।

Exit mobile version