KATHMANDU DAINIK

अष्ट्रेलिया पुगेकी राष्ट्रिय खेलाडी कविता भट्टको पीडा : रहर होइन बाध्यता

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।

Exit mobile version