KATHMANDU DAINIK

अमेरिकाकी एडेओला ओवोकोनिरान पोखरा निन्जाजमा अनुबन्धित

एडेओला ओवोकोनिरान, पोखरा निन्जाज, एभरेष्ट महिला भलिबल लिग २०८२, Everest Women’s Volleyball League, Pokhara Ninjas, विदेशी खेलाडी नेपाल भलिबल

भदौ ११, २०८२।

काठमाडौं – पोखरा निन्जाजले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) २०८२ को दोस्रो संस्करणका लागि अमेरिकाकी २५ वर्षीया अपोजिट हिटर एडेओला ओवोकोनिरानलाई अनुबन्धन गरेको छ।

यो लिगमा पोखरा निन्जाजले उनलाई दोस्रो विदेशी खेलाडीको रूपमा टोलीमा सामेल गरेको हो। उनी हालै नेपाल आइपुगेकी छन् र टिमसँग प्रशिक्षणमा सहभागी हुँदैछिन्।

एडेओलाको अन्तर्राष्ट्रिय अनुभव

ओवोकोनिरान अमेरिकाको यू–२१ राष्ट्रिय टोलीबाट खेलिसकेकी खेलाडी हुन्। साथै उनले NCAA Tournament, NCAA-ACC Tournament, फिनल्याण्ड लिग कप, प्युएर्टो रिको लिग, स्पेनिस सुपरलिगा, स्पेनिस कप, रोमानियन लिग, रोमानियन सुपरकप र CEV कपमा समेत सहभागिता जनाएकी छन्।

टिम व्यवस्थापनले एडेओलालाई अनुबन्ध गर्न पाउँदा खुसी व्यक्त गरेको छ। उनी खेल नियन्त्रण गरेर टोलीलाई जित दिलाउन सक्ने क्षमतावान खेलाडी हुन्, निन्जाजले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

एडेओलाको प्रतिक्रिया

नेपाल आइपुगेपछि ओवोकोनिरानले एभरेष्ट महिला भलिबल लिगमा सहभागी हुन पाउँदा आफु निहायत उत्साहित भएको बताइन्। उनले पोखरा निन्जाजलाई उपाधि जिताउन आफ्नो अनुभव र खेल कौशल प्रयोग गर्ने लक्ष्य रहेको बताइन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०८२ भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुने तय भएको छ।

Exit mobile version