अमेरिकाकी एडेओला ओवोकोनिरान पोखरा निन्जाजमा अनुबन्धित

एडेओला ओवोकोनिरान, पोखरा निन्जाज, एभरेष्ट महिला भलिबल लिग २०८२, Everest Women’s Volleyball League, Pokhara Ninjas, विदेशी खेलाडी नेपाल भलिबल

एडेओला ओवोकोनिरान, पोखरा निन्जाज, एभरेष्ट महिला भलिबल लिग २०८२, Everest Women’s Volleyball League, Pokhara Ninjas, विदेशी खेलाडी नेपाल भलिबल

भदौ ११, २०८२।

काठमाडौं – पोखरा निन्जाजले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) २०८२ को दोस्रो संस्करणका लागि अमेरिकाकी २५ वर्षीया अपोजिट हिटर एडेओला ओवोकोनिरानलाई अनुबन्धन गरेको छ।

यो लिगमा पोखरा निन्जाजले उनलाई दोस्रो विदेशी खेलाडीको रूपमा टोलीमा सामेल गरेको हो। उनी हालै नेपाल आइपुगेकी छन् र टिमसँग प्रशिक्षणमा सहभागी हुँदैछिन्।

एडेओलाको अन्तर्राष्ट्रिय अनुभव

ओवोकोनिरान अमेरिकाको यू–२१ राष्ट्रिय टोलीबाट खेलिसकेकी खेलाडी हुन्। साथै उनले NCAA Tournament, NCAA-ACC Tournament, फिनल्याण्ड लिग कप, प्युएर्टो रिको लिग, स्पेनिस सुपरलिगा, स्पेनिस कप, रोमानियन लिग, रोमानियन सुपरकप र CEV कपमा समेत सहभागिता जनाएकी छन्।

टिम व्यवस्थापनले एडेओलालाई अनुबन्ध गर्न पाउँदा खुसी व्यक्त गरेको छ। उनी खेल नियन्त्रण गरेर टोलीलाई जित दिलाउन सक्ने क्षमतावान खेलाडी हुन्, निन्जाजले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

एडेओलाको प्रतिक्रिया

नेपाल आइपुगेपछि ओवोकोनिरानले एभरेष्ट महिला भलिबल लिगमा सहभागी हुन पाउँदा आफु निहायत उत्साहित भएको बताइन्। उनले पोखरा निन्जाजलाई उपाधि जिताउन आफ्नो अनुभव र खेल कौशल प्रयोग गर्ने लक्ष्य रहेको बताइन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०८२ भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।