KATHMANDU DAINIK

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेशबीच निर्णायक भिडन्त

साफ यू-१७ महिला च्याम्पियनसिप २०२५, नेपाल बनाम बंगलादेश, महिला फुटबल नेपाल, SAFF U17 Women Championship, Nepal vs Bangladesh U17, नेपाली महिला फुटबल, भुटान फुटबल

भदौ ११, २०८२।

काठमाडौं – भुटानको चाङ्लिमिथाङ रंगशालामा आज नेपालले साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ अन्तर्गत बंगलादेशसँग चौथो खेल खेल्दैछ । नेपालका लागि आजको खेल निकै निर्णायक मानिएको छ।

यसअघि नेपालले बंगलादेशसँग भएको पहिलो भेटमा ३-० को हार खेपेको थियो । नेपालले तीन खेलपछि जम्मा ३ अंक जोडेको छ भने भारत ९ अंकसहित शीर्ष स्थानमा, बंगलादेश ६ अंकसहित दोस्रोमा र जितविहीन भुटान अन्तिम स्थानमा रहेको छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को ठूलो हार खेपेको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ ले हराएको थियो । अहिले प्रतियोगितामा बाँकी रहेका सबै खेल जित्नुपर्ने दबाब नेपाली टोलीमाथि छ ।

नेपाली टोलीका खेलाडीहरू

झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, सम्झना चन्द, अलिजा कुमारी बिक, मिन माया श्रेष्ठ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अनिता राना मगर लगायत रहेका छन् ।

यसपटकको साफ यू-१७ महिला च्याम्पियनसिपमा भारत, नेपाल, बंगलादेश र भुटानबीच डबल राउन्ड रोबिन प्रणालीमा खेल हुँदैछ । सर्वाधिक अंक बटुल्ने टोलीले उपाधि जित्नेछ ।

Exit mobile version