सांसदहरूको उपस्थिति बिना संसद अवरुद्ध: कहाँ जान्छन् संसद ?

सांसद अनुपस्थिति, संसद बैठक, सूचना प्रविधि विधेयक, साइबर सुरक्षा विधेयक, प्रतिनिधिसभा गणपूरक संख्या, सांसदको लापरवाही, नेपाली राजनीति, संसद कोरम नपुग, प्रधानमन्त्री ओली सम्बोधन, कांग्रेस एमाले सांसद

सांसद अनुपस्थिति, संसद बैठक, सूचना प्रविधि विधेयक, साइबर सुरक्षा विधेयक, प्रतिनिधिसभा गणपूरक संख्या, सांसदको लापरवाही, नेपाली राजनीति, संसद कोरम नपुग, प्रधानमन्त्री ओली सम्बोधन, कांग्रेस एमाले सांसद

साउन २९, २०८२।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि बुधबारको प्रतिनिधिसभा बैठकमा संसद्का अधिकांश सांसदहरू उपस्थित भए पनि, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि निर्णय गर्नुपर्दा सांसदहरूको संख्या न्यून भयो।

सभामुख देवराज घिमिरेले गणपूरक संख्या सुनिश्चित गर्न तीन मिनेटको घण्टी बजाएर संसद सचिवालयलाई निर्देशन दिए। गणनामा ६९ सांसद आवश्यक पर्दा केवल ६६ सांसद मात्र उपस्थित रहेको पाइयो जसका कारण प्रस्ताव निर्णयार्थ पेश गर्न सकेन।

सत्तारूढ दलहरू कांग्रेस र एमालेसँग मात्र १६४ सांसद भए पनि उनीहरू नै अनुपस्थित देखिए। जसले गर्दा विधेयक कार्यान्वयनमा बाधा पुगेको हो।

संसदमा गणपूरक संख्या (६९ सांसद) नपुग्दा महत्त्वपूर्ण विधेयक निर्णयार्थ प्रस्तुत हुन सकेन।

सत्ता गठबन्धनका प्रमुख दल कांग्रेस र एमालेका १६४ सांसद भए पनि उपस्थित कम।

विपक्षी र सत्तापक्ष दुबैका सांसद बैठकबाट बाहिरिएपछि विधेयक निर्णय असम्भव।

मुख्य सचेतकहरूको आक्रोश: सांसद बन्ने होड तर संसद नबस्ने प्रवृत्ति।

बैठक गणपूरक संख्या नपुगेपछि बिहीबारका लागि स्थगित।

संसदीय मर्यादा र अनुशासनको कमीमाथि एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे दुवैले सांसदहरूलाई आक्रोशपूर्वक प्रश्न उठाएका छन्। सांसद बनेर संसद नबस्ने हो भने किन सांसद बन्ने?

विपक्षी द्ल माओवादी सांसद माधव सापकोटाले भने सत्तारूढ दलले संसदमा बहुमतको घमण्ड देखाए पनि विधायिकी कार्यमा गम्भीरता नदेखाएको आरोप लगाए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।