KATHMANDU DAINIK

सशस्त्र प्रहरी भर्ती परीक्षामा नक्कली परीक्षार्थी ४ जना पक्राउ

सुर्खेत प्रहरी समाचार, नक्कली परीक्षार्थी पक्राउ, सशस्त्र प्रहरी भर्ती परीक्षा, सुर्खेत नक्कली विद्यार्थी, प्रहरी कार्यालय सुर्खेत, नेपाल प्रहरी समाचार, परीक्षा नक्कली उमेदवार, सुर्खेत समाचार
तस्वीर स्रोत : नेपाल प्रहरी

भदौ ७, २०८२।

सुर्खेत – सशस्त्र प्रहरीको इञ्जिनियर प्राविधिक लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रवेश गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

घटना २०८१ साल भदौ ६ गते बिहान ८:३० बजे सुर्खेत जिल्लाको लोकसेवा आयोग कार्यालय परिसरमा भएको थियो। सो क्रममा प्रहरीले नक्कली प्रवेश पत्र र फोटो बदलिएको अवस्थामा परीक्षार्थीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये जाजरकोट छेडागाड नगरपालिका–११ का धर्मराज चलाउनेको नाममा परीक्षा दिन आएका ए.पू. गा.पा.- ७ का २५ वर्षीय श्याम संकर सिंह, दैलेख भवानिपुर गा.पा.–५ का सुशिल शाहीको नाममा परीक्षा दिन आएका वडा–९ का २० वर्षीय भरत तिकुवालाई प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

नेपाल प्रहरीद्वारा जारी गरिएको प्रेस विज्ञप्ती

प्रहरीका अनुसार प्रवेश पत्रमा फोटो बदल्ने, हस्ताक्षर नक्कल गर्ने जस्ता कार्यमार्फत परीक्षा दिन खोज्ने कार्य अपराध हो घटनामा संलग्न सबैलाई कानुनी कारबाही हुनेछ।

Exit mobile version