सशस्त्र प्रहरी भर्ती परीक्षामा नक्कली परीक्षार्थी ४ जना पक्राउ

सुर्खेत प्रहरी समाचार, नक्कली परीक्षार्थी पक्राउ, सशस्त्र प्रहरी भर्ती परीक्षा, सुर्खेत नक्कली विद्यार्थी, प्रहरी कार्यालय सुर्खेत, नेपाल प्रहरी समाचार, परीक्षा नक्कली उमेदवार, सुर्खेत समाचार तस्वीर स्रोत : नेपाल प्रहरी
सुर्खेत प्रहरी समाचार, नक्कली परीक्षार्थी पक्राउ, सशस्त्र प्रहरी भर्ती परीक्षा, सुर्खेत नक्कली विद्यार्थी, प्रहरी कार्यालय सुर्खेत, नेपाल प्रहरी समाचार, परीक्षा नक्कली उमेदवार, सुर्खेत समाचार
तस्वीर स्रोत : नेपाल प्रहरी

भदौ ७, २०८२।

सुर्खेत – सशस्त्र प्रहरीको इञ्जिनियर प्राविधिक लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रवेश गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

घटना २०८१ साल भदौ ६ गते बिहान ८:३० बजे सुर्खेत जिल्लाको लोकसेवा आयोग कार्यालय परिसरमा भएको थियो। सो क्रममा प्रहरीले नक्कली प्रवेश पत्र र फोटो बदलिएको अवस्थामा परीक्षार्थीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये जाजरकोट छेडागाड नगरपालिका–११ का धर्मराज चलाउनेको नाममा परीक्षा दिन आएका ए.पू. गा.पा.- ७ का २५ वर्षीय श्याम संकर सिंह, दैलेख भवानिपुर गा.पा.–५ का सुशिल शाहीको नाममा परीक्षा दिन आएका वडा–९ का २० वर्षीय भरत तिकुवालाई प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सुर्खेत प्रहरी समाचार, नक्कली परीक्षार्थी पक्राउ, सशस्त्र प्रहरी भर्ती परीक्षा, सुर्खेत नक्कली विद्यार्थी, प्रहरी कार्यालय सुर्खेत, नेपाल प्रहरी समाचार, परीक्षा नक्कली उमेदवार, सुर्खेत समाचार
नेपाल प्रहरीद्वारा जारी गरिएको प्रेस विज्ञप्ती

प्रहरीका अनुसार प्रवेश पत्रमा फोटो बदल्ने, हस्ताक्षर नक्कल गर्ने जस्ता कार्यमार्फत परीक्षा दिन खोज्ने कार्य अपराध हो घटनामा संलग्न सबैलाई कानुनी कारबाही हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।