KATHMANDU DAINIK

रामकुमारी झाँक्री पुनः एमालेमा फर्किँदा सामाजिक सञ्जालमा ट्रोल

कार्तिक २५, २०८२।   काठमाडौं दैनिक संवाददाता

काठमाडौं – राजनीतिक उतारचढाव र वक्तृत्वका लागि चर्चित नेतृ रामकुमारी झाँक्री पुनः नेकपा (एमाले) मा फर्किएकी छन्। चार वर्षअघि माधवकुमार नेपालको साथ लिएर एमाले फुटाएकी झाँक्री सोमबार राजधानीमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टीमा पुनः प्रवेश गरेकी हुन्।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उनलाई स्वागत गरेका थिए। कार्यक्रममा एमाले कार्यकर्ताहरूले नाराबाजी र ताली बजाएर झाँक्रीलाई भव्य स्वागत गरे।

रामकुमारी झाँक्री, UML, नेकपा एमाले, केपी शर्मा ओली, माधव नेपाल, नेपाली राजनीति, झाँक्री फर्किएकी, Ramkumari UML Return, Nepal Politics News

झाँक्रीले कार्यक्रममा भनिन्, राजनीतिमा स्थिरता र सिद्धान्त दुवै चाहिन्छ। मैले आलोचना पनि गरेँ, गल्ती पनि गरेँ, तर अन्ततः सत्य र संगठनतिर फर्किएँ।

झाँक्रीले एमाले छोड्दा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि कठोर टिप्पणी गरेकी थिइन्। अहिले पुनः एमाले फर्किएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ । केहीले उनलाई “व्यावहारिक नेता” भनेका छन् भने केहीले “स्वार्थी” र अवसरवादी भनेर आलोचना समेत गरेका छन्।

Exit mobile version