KATHMANDU DAINIK

राजेन्द्र लिङदेनद्वारा रवि लामिछानेसँग भेट, कारागारको अवस्थाप्रति गम्भीर चिन्ता

राजेन्द्र लिङदेन, रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, भैरहवा कारागार, कारागार सुविधा, गृहमन्त्री रामेशलेक खरेल, रुपन्देही उपनिर्वाचन, नेपाली राजनीति, थुनामा राखिएको नेता, कारागार सुरक्षा

साउन २८, २०८२।

काठमाडौं – राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले दोस्रो पटक भैरहवा कारागार पुगेर रास्वपा पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन्। भेटवार्तामा रवि लामिछानेको स्वास्थ्य अवस्था, राष्ट्रिय राजनीति, संसदको गतिविधि र रुपन्देहीमा हुने आगामी उपनिर्वाचनलगायत विभिन्न विषयमा छलफल गरेका थिए।

राजेन्द्र लिङदेनले आफ्नो सामाजिक सञ्जालमार्फत बताएका छन् कि देशको एक महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधा पनि सरकारले नदिएकाले दु:ख लागेको छ।भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिले अनुपयुक्त रहेको बताउँदै उनले गृहमन्त्री रमेेश लेखकको ध्यानाकर्षण गराएका छन्।

उनले भने, उहाँलाई तत्काल काठमाडौँ सार्न उपयुक्त हुनेछ ताकि उहाँको स्वास्थ्य र सुरक्षामा कुनै प्रकारको समस्या नहोस्।

अध्यक्ष लिङदेनले सरकारसँग कारागार व्यवस्थापनमा सुधार गरी राजनैतिक नेताहरूलाई न्यूनतम सम्मान र सुविधा प्रदान गर्न समेत आग्रह गरेका छन्।

Exit mobile version