KATHMANDU DAINIK

बुल्गेरियाकी निकोलाएभा काठमाडौं स्पाइकर्सबाट खेल्न आउने

साउन २७, २०८२।

काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो सिजनका लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियाकी भलिबल खेलाडी निकोलाएभा नेकोभालाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।

२७ वर्षीया नेकोभा सेटर पोजिसनमा खेल्ने खेलाडी हुन् र उनले बुल्गेरिया, फ्रान्स, अजबैजानका क्लबहरुमा खेलेको अनुभव पनि राख्छिन्। काठमाडौं स्पाइकर्सले उनको अनुबन्धले टिमलाई अझ मजबुत र सन्तुलित बनाउने विश्वास लिएको छ।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना हुनेछ। यस लिगमा प्रत्येक टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ भने अन्य दुई विदेशी खेलाडी पनि चाँडै सार्वजनिक गरिनेछ।

polina nikolaeva neykova
बुल्गेरियाकी सेटर निकोलाएभा नेकोभा

काठमाडौं स्पाइकर्समा नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी, मनिषा चौधरी, यमुना रसाइली लगायतका खेलाडीहरु छन्। टिमको मुख्य प्रशिक्षक लोक बहादुर बुढा रहेका छन्।

पहिलो सिजनमा तेस्रो स्थान हासिल गरेको काठमाडौं स्पाइकर्स दोस्रो सिजनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ।

Exit mobile version