KATHMANDU DAINIK

नेपाल फर्किए “च्याम्पियन रवीन्द्र” भव्य स्वागतले भरियो त्रिभुवन विमानस्थल

रवीन्द्र ढाट, MFN १७, बान्टमवेट च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, भारत नोएडा, स्वागत समारोह, नेपाली खेलकुद

साउन १९, २०८२।

काठमाडौं – भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (MFN)–१७ को बान्टमवेट उपाधि जितेर स्वदेश फर्किएका बझाङका व्यावसायिक फाइटर रवीन्द्र ढाटको सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

रातारात चर्चामा आएका ढाटका दर्जनौं समर्थकहरू फूलमाला, खादा र नारासहित विमानस्थलमा पुगेका थिए। “नेपाली च्याम्पियन जिन्दाबाद” भन्ने नारासँगै ढाटको ऐतिहासिक सफलतालाई उनीहरूले खुलेर स्वागत गरे।

त्रिभुवन विमानस्थलमा भब्य स्वागत

ढाटले आइतबार राति भारतका चर्चित फाइटर चोंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनको उपाधि हात पार्न सफल भएका हुन्। यस जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

ढाटको यो जित नेपाली एमएमए इतिहासमै महत्वपूर्ण मानिएको छ।म यो उपाधि नेपाल र नेपाली जनताको नाममा समर्पित गर्छु, स्वदेश फर्किएपछि उनले संक्षिप्त प्रतिक्रिया दिएका थिए।

त्रिभुवन विमानस्थलमा रबिन्द्र

खेलप्रेमीहरू ढाटको यस उपलब्धिलाई ‘नेपाली फाइट स्पिरिटको पुनरुत्थान’का रूपमा हेरेका छन्। सामाजिक सञ्जालमा पनि रवीन्द्रको जितले व्यापक चर्चा पाइरहेको छ।

Exit mobile version