KATHMANDU DAINIK

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल र भुटान खेल्दै

साफ यू-१७ महिला च्याम्पियनसिप, नेपाल बनाम भुटान, नेपाल यू-१७ महिला फुटबल, भुटान यू-१७ महिला फुटबल, South Asian Football Federation U-17 Championship, Changlimithang Stadium Bhutan, Nepal vs Bhutan Women’s Football

भदौ ६, २०८२।

काठमाडौं – भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक भुटानसँग प्रतिस्पर्धा गर्दैछ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ। नेपाल र भुटान दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका छन्।

नेपालले भारतसँग ७-० ले हार बेहोरेको थियो।भुटान भने बंगलादेशसँग ३-१ को अन्तरले पराजित भएको थियो।यसकारण दुवै टोली आजको खेलमा पहिलो जितको खोजीमा रहेक छन् ।

नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठका अनुसार टिमले उपाधि जित्ने लक्ष्य बोकेको भए पनि पहिलो खेलमा ठूलो धक्का लागेको छ तर अझै पनि पुनरागमन सम्भव छ।

प्रतियोगिता डबल राउण्ड रोबिन लिग प्रणालीमा खेलिँदैछ।सहभागी टोली नेपाल, भारत, बंगलादेश र आयोजक भुटान रहेको छ भने सबैभन्दा बढी अंक ल्याउने टोलीले उपाधि जित्नेछ।

नेपालको खेल तालिका

अगस्ट २० : नेपाल बनाम भारत

अगस्ट २२ : नेपाल बनाम भुटान

अगस्ट २४ : नेपाल बनाम बंगलादेश

अगस्ट २७ : बंगलादेश बनाम नेपाल

अगस्ट २९ : भारत बनाम नेपाल

अगस्ट ३१ : भुटान बनाम नेपाल

नेपाली टोली

झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल रहेका छन् ।

Exit mobile version