KATHMANDU DAINIK

पारालिम्पिक तेक्वान्दो खेलाडी पलेशा र प्रशिक्षक नेगी सम्मानित

पलेशा गोर्वधन, कविराज नेगी, पारालिम्पिक खेलाडी नेपाल, पारा तेक्वान्दो पदक, नेपाल खेलकुद सम्मान, एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप, पेरिस २०२४ पारालिम्पिक, नेपाली पारा खेलाडी, अन्तराष्ट्रिय युवा दिवस २०२५, नेपाल तेक्वान्दो संघ
पारालिम्पिक खेलाडी पलेशा गोर्वधन र प्रशिक्षक कविराज नेगी साथमा रास्वपाका नेतृ तोसिमा कार्की सम्मान कार्यक्रममा

साउन २८, २०८२।

काठमाडौं – मलेसियाको कुचिङमा सम्पन्न दशौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा कांस्य पदक जित्ने पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामालाई राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय युवा तथा खेलकुद विभागले विशेष सम्मान गरेको छ।

अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा आयोजना गरिएको फ्युचर लिडर्स समिट २०२५ मा रास्वपाका नेतृ तोसिमा कार्की र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले सम्मान पत्र प्रदान गरेका थिए।

पलेशा गोर्वधनले पेरिस २०२४ पारालिम्पिक र हाङझाव एसियन पारा गेम्समा ऐतिहासिक कांस्य पदक जितेकी छन्। उनले अहिलेसम्म ६ वटा अन्तर्राष्ट्रिय पदक जितिसकेकी छन्, जसमा २ स्वर्ण र ४ कांस्य पदक छन्।

खेलाडी पलेशा गोर्वधन र प्रशिक्षक कविराज नेगी

उनकी प्रशिक्षक कविराज नेगी लामाले सन् २०१५ देखि पलेशाको प्रशिक्षण गर्दै आएका छन्। नेगी अन्तराष्ट्रिय लेवल २ प्रशिक्षक हुन् र उनको प्रशिक्षणमा नेपालले पारा तेक्वान्दोमा १२ वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ।

पलेशा र नेगीको यो सफलताले नेपाली पारा खेलकुद क्षेत्रमा ठूलो गर्वको विषय बनेको छ र आगामी दिनमा अझ धेरै सफलताका लागि उत्साहजनक संकेत दिएको छ।

Exit mobile version