पारालिम्पिक तेक्वान्दो खेलाडी पलेशा र प्रशिक्षक नेगी सम्मानित

पलेशा गोर्वधन, कविराज नेगी, पारालिम्पिक खेलाडी नेपाल, पारा तेक्वान्दो पदक, नेपाल खेलकुद सम्मान, एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप, पेरिस २०२४ पारालिम्पिक, नेपाली पारा खेलाडी, अन्तराष्ट्रिय युवा दिवस २०२५, नेपाल तेक्वान्दो संघ पारालिम्पिक खेलाडी पलेशा गोर्वधन र प्रशिक्षक कविराज नेगी साथमा रास्वपाका नेतृ तोसिमा कार्की सम्मान कार्यक्रममा

पलेशा गोर्वधन, कविराज नेगी, पारालिम्पिक खेलाडी नेपाल, पारा तेक्वान्दो पदक, नेपाल खेलकुद सम्मान, एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप, पेरिस २०२४ पारालिम्पिक, नेपाली पारा खेलाडी, अन्तराष्ट्रिय युवा दिवस २०२५, नेपाल तेक्वान्दो संघ
पारालिम्पिक खेलाडी पलेशा गोर्वधन र प्रशिक्षक कविराज नेगी साथमा रास्वपाका नेतृ तोसिमा कार्की सम्मान कार्यक्रममा

साउन २८, २०८२।

काठमाडौं – मलेसियाको कुचिङमा सम्पन्न दशौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा कांस्य पदक जित्ने पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामालाई राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय युवा तथा खेलकुद विभागले विशेष सम्मान गरेको छ।

अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा आयोजना गरिएको फ्युचर लिडर्स समिट २०२५ मा रास्वपाका नेतृ तोसिमा कार्की र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले सम्मान पत्र प्रदान गरेका थिए।

पलेशा गोर्वधनले पेरिस २०२४ पारालिम्पिक र हाङझाव एसियन पारा गेम्समा ऐतिहासिक कांस्य पदक जितेकी छन्। उनले अहिलेसम्म ६ वटा अन्तर्राष्ट्रिय पदक जितिसकेकी छन्, जसमा २ स्वर्ण र ४ कांस्य पदक छन्।

खेलाडी पलेशा गोर्वधन र प्रशिक्षक कविराज नेगी

उनकी प्रशिक्षक कविराज नेगी लामाले सन् २०१५ देखि पलेशाको प्रशिक्षण गर्दै आएका छन्। नेगी अन्तराष्ट्रिय लेवल २ प्रशिक्षक हुन् र उनको प्रशिक्षणमा नेपालले पारा तेक्वान्दोमा १२ वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ।

पलेशा र नेगीको यो सफलताले नेपाली पारा खेलकुद क्षेत्रमा ठूलो गर्वको विषय बनेको छ र आगामी दिनमा अझ धेरै सफलताका लागि उत्साहजनक संकेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।