KATHMANDU DAINIK

नेपाल आयल निगमले फेरि बढायो पेट्रोल–डिजेलको मूल्य

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता

पेट्रोल मूल्य वृद्धि,, डिजेल मूल्य नेपाल,, नेपाल आयल निगम,, IOC भाउ समायोजन,, इन्धन मूल्य अपडेट,, पेट्रोलियम मूल्य,, नेपालमा पेट्रोल कति,, डिजेल कति,, निगम मूल्य समायोजन,, अर्थ वाणिज्य खबर,, diyar

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। शनिबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जलाई पहिलो वर्गमा वर्गीकरण गरेको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा पर्छन्।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यले नै मूल्य वृद्धि गर्न बाध्य बनाइएको हो। नयाँ दरअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ५४ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि भएर आएको निगमले जनाएको छ।

मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ तोकेको छ ।

Exit mobile version