KATHMANDU DAINIK

नेप्सेमा लगातार गिरावट: बैंकिङ, व्यापार र बिमा सबैभन्दा बढी प्रभावित

नेप्से, सेयर बजार, नेपाल स्टक एक्सचेन्ज, बैंकिङ उपसमूह, बिमा उपसमूह, व्यापार उपसमूह, सेयर मूल्य, Nepse, Nepal Stock Market, Hydropower Shares, Share Lagani, Nepal Share Updates, Bima Lagani, Bank Shares

साउन २९, २०८२।

काठमाडौं – नेप्से परिसूचक लगातार तीन दिनसम्म गिरावटमा रहँदा बुधबार २,७८५ अंकमा झरेको छ । यस दिन ८९ कम्पनीको सेयर मूल्य बढेको भए पनि १५९ कम्पनीको सेयर घटेपछि समग्र सूचक दोहोरो अंकले घट्यो । सबैभन्दा बढी गिरावट बैंकिङ, व्यापार र बिमा उपसमूहमा देखिएको छ ।

बुधबार ७० हजारभन्दा बढी कारोबारमा ६ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जुन अघिल्लो दिनको तुलनामा कम हो ।

मायाखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ५.७४% ले बढ्यो भने बलेफी हाइड्रोपावर, युनाइटेड मोदी, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्टक्चर र नेपाल पुनर्बिमा कम्पनीको कारोबार उच्च रह्यो।

Exit mobile version