कार्तिक २०, २०८२। उपसना पौडेल

काठमाडौ – श्रीलंकामा जारी काभा महिला यू–१९ भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालले घरेलु टोली श्रीलंकामाथि ३–१ को सानदार जित दर्ता गरेको छ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा नेपालले २५–१८, २६–२४, १९–२५, २५–२० को सेटमा जित हासिल गरेको हो।पहिलो खेलमा किर्गिस्तानसँग ३–२ ले पराजित भएको नेपालका लागि यो जित पुनरागमनको अवसर बनेको छ।
यस च्याम्पियनसिपमा ४ टोलीहरु- नेपाल, श्रीलंका, माल्दिभ्स र किर्गिस्तानले सहभागिता जनाएका छन्। राउन्ड रोबिन लिगपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ।
फाइनल र तेस्रो स्थानका खेलहरू कात्तिक २३ गते (नोभेम्बर ९) का लागि तय भएका छन्।
पहिलो खेलमा किर्गिस्तानसँगको हारपछि नेपालले श्रीलंका माथि गरेको यो जितले टोलीमा आत्मविश्वास फर्काएको छ। नेपालका खेलाडीहरूले सर्भिस, ब्लक र डिफेन्समा उत्कृष्ट प्रदर्शन गर्दै घरेलु दर्शकबीच ऐतिहासिक जित निकालेका हुन् ।
नेपाल अब आफ्नो अर्को खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। यो जीत संगै नेपाली टोलीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।