KATHMANDU DAINIK

जेन–जी आन्दोलनपछि नयाँ दलको चाप, ३२ दल दर्ता प्रक्रियामा

कार्तिक २८, २०८२।   राज नेपाली

काठमाडौं – आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगमा दल दर्ताको चाप तीव्र बनेको छ। आयोगका अनुसार अहिलेसम्म ३२ वटा राजनीतिक दल दर्ता प्रक्रियामा छन्, जसमा २३ वटा जेन–जी आन्दोलनपछि जन्मिएका नयाँ दल रहेका छन्।

आयोगले हालसम्म १२६ दलले दर्ता प्रमाणपत्र पाउने अधिकारिता प्राप्त गरिसकेको जानकारी दिएको छ। दर्ता प्रक्रियामा रहेका दलमध्ये धेरैजसो नयाँ नेतृत्व, वैकल्पिक राजनीतिक धार र युवापुस्ताको प्रभावसँग जोडिएका छन्।

नयाँ दलहरू दर्ताका दौडमा

दर्ता प्रक्रियामा रहेका प्रमुख दलहरूमध्ये

नेपाली कम्युनिस्ट पार्टी – पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक, माधवकुमार नेपाल सह–संयोजक

राष्ट्रिय ऊर्जाशील पार्टी – योगेन्द्र मण्डल

कम्युनिस्ट पार्टी नेपाल (विप्लव)

उज्यालो नेपाल पार्टी – अनुप कुमार उपाध्याय त्यसैगरी जेन–जी आन्दोलनसँग जोडिएर राजनीतिक प्रवेश गरेका, राष्ट्रिय जेन–जी पार्टी – हिरा प्रसाद सोती

हाम्रो पार्टी नेपाल – खगेन्द्र सुनार

नवयुग पार्टी – नवराज सुवेदी

राष्ट्रिय परिवर्तन पार्टी – अजयकुमार राई

नेपाल लिबरल पार्टी – गोपीलाल न्यौपाने लगायतका दल पनि दर्ता प्रक्रियामा छन्।

अन्य दर्ता निवेदन अध्ययन अवस्थामा

आयोगले नेकपा (वामपन्थी केन्द्र), नागरिक सर्वोच्चता पार्टी, राष्ट्रिय स्वराज पार्टी, जनादेश पार्टी नेपाल, पिपुल फर्स्ट पार्टी लगायतका दलका निवेदन अध्ययन गरिरहेको बताएको छ ।

निर्वाचन आयोगको तालिका अनुसार कात्तिक ३० गतेभित्र सबै दलले दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने छ। प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म उम्मेदवारी दर्ता खुल्ने र निर्वाचन फागुन २१ गते हुने तय भएको छ।

Exit mobile version