जेन–जी आन्दोलनपछि नयाँ दलको चाप, ३२ दल दर्ता प्रक्रियामा

कार्तिक २८, २०८२।   राज नेपाली

काठमाडौं – आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगमा दल दर्ताको चाप तीव्र बनेको छ। आयोगका अनुसार अहिलेसम्म ३२ वटा राजनीतिक दल दर्ता प्रक्रियामा छन्, जसमा २३ वटा जेन–जी आन्दोलनपछि जन्मिएका नयाँ दल रहेका छन्।

आयोगले हालसम्म १२६ दलले दर्ता प्रमाणपत्र पाउने अधिकारिता प्राप्त गरिसकेको जानकारी दिएको छ। दर्ता प्रक्रियामा रहेका दलमध्ये धेरैजसो नयाँ नेतृत्व, वैकल्पिक राजनीतिक धार र युवापुस्ताको प्रभावसँग जोडिएका छन्।

नयाँ दलहरू दर्ताका दौडमा

दर्ता प्रक्रियामा रहेका प्रमुख दलहरूमध्ये

नेपाली कम्युनिस्ट पार्टी – पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक, माधवकुमार नेपाल सह–संयोजक

राष्ट्रिय ऊर्जाशील पार्टी – योगेन्द्र मण्डल

कम्युनिस्ट पार्टी नेपाल (विप्लव)

उज्यालो नेपाल पार्टी – अनुप कुमार उपाध्याय त्यसैगरी जेन–जी आन्दोलनसँग जोडिएर राजनीतिक प्रवेश गरेका, राष्ट्रिय जेन–जी पार्टी – हिरा प्रसाद सोती

हाम्रो पार्टी नेपाल – खगेन्द्र सुनार

नवयुग पार्टी – नवराज सुवेदी

राष्ट्रिय परिवर्तन पार्टी – अजयकुमार राई

नेपाल लिबरल पार्टी – गोपीलाल न्यौपाने लगायतका दल पनि दर्ता प्रक्रियामा छन्।

अन्य दर्ता निवेदन अध्ययन अवस्थामा

आयोगले नेकपा (वामपन्थी केन्द्र), नागरिक सर्वोच्चता पार्टी, राष्ट्रिय स्वराज पार्टी, जनादेश पार्टी नेपाल, पिपुल फर्स्ट पार्टी लगायतका दलका निवेदन अध्ययन गरिरहेको बताएको छ ।

निर्वाचन आयोगको तालिका अनुसार कात्तिक ३० गतेभित्र सबै दलले दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने छ। प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म उम्मेदवारी दर्ता खुल्ने र निर्वाचन फागुन २१ गते हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।