क्रिकेटपछि संगीतमा सन्दीप लामिछानेको यात्रा: सन्सी प्रोडक्सनमार्फत नयाँ अध्याय सुरु

सन्दीप लामिछाने संगीत यात्रा, Sandeep Lamichhane Music Career, Sancy Production CEO, नेपाली क्रिकेटर संगीतमा, Sandeep Lamichhane songs, Nepali music production, cricket to music, सन्सी प्रोडक्सन सिइओ, सन्दीपको नयाँ योजना, Nepali cricket star news, Cricketer turned musician, Nepali artist collaboration

साउन २१, २०८२।

काठमाडौं – नेपाली क्रिकेटका स्टार सन्दीप लामिछाने अब संगीतको दुनियाँमा पनि आफ्नो पहिचान बनाउँदै छन्। सामाजिक सञ्जालमार्फत उनले ‘Sancy Production’ नामक म्युजिक कम्पनीको CEO बनेर संगीत क्षेत्रमा औपचारिक यात्रा सुरु गरेको जानकारी दिएका छन्।

सन्दीपले फेसबुकमार्फत लेखेका छन्, क्रिकेटरको रूपमा संगीत सधैं हाम्रो कथाको हिस्सा रहँदै आएको छ। जितपछि ‘रातो र चन्द्र सूर्य’ गाउनेदेखि गीतमार्फत हरेक भावना व्यक्त गर्नेसम्म संगीतले हामीलाई जोडेको छ।

उनले अबदेखि प्रतिभाशाली कलाकारहरूसँग सहकार्य गर्दै हृदय छुने संगीत सिर्जना गर्ने योजना रहेको पनि उल्लेख गरेका छन्। सन्दीपले लेखेका छन्, तपाईंहरूको मायाका लागि आभारी छु। म नेपालको लागि मेरो उत्कृष्ट दिनेछु, मैदान र संगीत दुवैमार्फत।

उनको यो नयाँ सुरुवातले फ्यानहरूमा उत्साह थपेको छ। सामाजिक सञ्जालहरूमा उनलाई बधाई तथा शुभकामना दिनेहरूको ओइरो लागेको छ।

सन्दीप लामिछाने संगीत यात्रा, Sandeep Lamichhane Music Career, Sancy Production CEO, नेपाली क्रिकेटर संगीतमा, Sandeep Lamichhane songs, Nepali music production, cricket to music, सन्सी प्रोडक्सन सिइओ, सन्दीपको नयाँ योजना, Nepali cricket star news, Cricketer turned musician, Nepali artist collaboration

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।