KATHMANDU DAINIK

भिजिट भिसा विवादमा डिपी अर्यालमाथि महेश बस्नेतको प्रहार

साउन २७, २०८२।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्यालमाथि नेकपा (एमाले)का नेता महेश बस्नेतले ‘पानीमाथिको ओभानो’ बनेर भिजिट भिसा प्रकरणबाट पन्छिन खोजेको आरोप लगाएका छन्।

बस्नेतका भने सुमिरे टुर एन्ड ट्राभल्समार्फत कोरिया र डेनमार्क पुगेका केही व्यक्तिहरू उतै लुकेका छन्। उनीहरूले नेपाल स्काउटको लोगो देखाएर टिकट काटी गएका थिए। यस घटनाले गृहमन्त्री रमेश लेखकसहितका रास्वपाका सांसदहरू गम्भीर नैतिक प्रश्नमा परेको बस्नेतको दाबी छ।

रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल भने आफू पानीमाथिको ओभानो बनेर पन्छिन खोजिरहेका छन् बस्नेतले सामाजिक सञ्जालमार्फत भने। उनले भिजिट भिसामा विदेश पुगेका व्यक्तिहरू लुकेको घटनाबारे सदनमा जवाफदेही बन्नुपर्नेमा जोड दिए।

नेपाल प्रहरीले दर्जनौं ट्राभल एजेन्सीमार्फत भिजिट भिसामा पठाइएका नागरिकहरूको विवरण अनुसन्धान गर्दा यो तथ्य पत्ता लगाएको हो। प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार स्काउट प्रतिनिधिहरूसमेतसँग सोधपुछ गरिएको छ। यो विषयलाई गोप्य राख्ने प्रयास भएको आरोप पनि लागेको छ।

यसअघि अर्यालले भने भिजिट भिसामा गएका व्यक्तिहरू लुकेको विषयमा आफूलाई जानकारी नभएको बताएका थिए।

 

Exit mobile version