KATHMANDU DAINIK

कांग्रेसभित्र महाधिवेशन अन्योल : गगन–विश्वप्रकाश विशेष तयारीमा

कार्तिक २५, २०८२।   उपसना पौडेल

कांग्रेस केन्द्रीय समिति, नेपाली कांग्रेस, महाधिवेशन विवाद, गगन थापा, विश्वप्रकाश शर्मा, विशेष महाधिवेशन, Congress meeting, Nepali politics, Congress internal conflict, party convention, Saneepa, NC leadership, Nepali Congress news

काठमाडौँ – नेपाली कांग्रेसको असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीभित्रको रणनीतिक अन्योल झन् गहिरिएको छ। बैठकले आगामी २१ फागुनमा हुन सक्ने निर्वाचनमा पार्टीको सहभागिता बारे स्पष्ट निर्णय गर्न नसके पनि, महाधिवेशन कहिले गर्ने भन्ने विषयले बैठकलाई मुख्य विवादमा पारेको छ।

पार्टीको संस्थापन पक्षले निर्वाचनअघि कुनै पनि प्रकारको महाधिवेशन सम्भव छैन भन्ने अडान लिएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशन का लागि तयारीमा जुट्न थालेका छन्। असोज २९ गते नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित

उनीहरूले पार्टी कार्यालय सानेपामा मागपत्र बुझाइसकेका छन्। पार्टीको विधानअनुसार, २७ गतेभित्र नियमित महाधिवेशन नबोलाइए विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ।

आजको बैठकमा संस्थापन पक्षका नेताहरूले निर्वाचन नजिकिँदै गर्दा संगठन कमजोर नपार्ने तर्क गर्दै महाधिवेशन स्थगित गर्नुपर्ने धारणा राखे। तर महामन्त्री पक्षधर नेताहरूले भने लोकतान्त्रिक अभ्यास र पारदर्शिताका लागि नियमित महाधिवेशन अपरिहार्य रहेको जिकिर गरे।

बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, राजीवबिक्रम शाहलगायतका नेताहरूले आ-आफ्ना धारणा राखेका थिए। सहमहामन्त्रीद्वय पाण्डे र परियारले फागुन २१ अघि नै नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्न माग गरे।

पार्टीभित्रको यो विवादले कांग्रेसको निर्वाचन रणनीति र संगठनात्मक एकतालाई नै प्रभावित पार्ने संकेत देखिएको छ।

Exit mobile version