कांग्रेसभित्र महाधिवेशन अन्योल : गगन–विश्वप्रकाश विशेष तयारीमा

कांग्रेस केन्द्रीय समिति, नेपाली कांग्रेस, महाधिवेशन विवाद, गगन थापा, विश्वप्रकाश शर्मा, विशेष महाधिवेशन, Congress meeting, Nepali politics, Congress internal conflict, party convention, Saneepa, NC leadership, Nepali Congress news

कार्तिक २५, २०८२।   उपसना पौडेल

कांग्रेस केन्द्रीय समिति, नेपाली कांग्रेस, महाधिवेशन विवाद, गगन थापा, विश्वप्रकाश शर्मा, विशेष महाधिवेशन, Congress meeting, Nepali politics, Congress internal conflict, party convention, Saneepa, NC leadership, Nepali Congress news

काठमाडौँ – नेपाली कांग्रेसको असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीभित्रको रणनीतिक अन्योल झन् गहिरिएको छ। बैठकले आगामी २१ फागुनमा हुन सक्ने निर्वाचनमा पार्टीको सहभागिता बारे स्पष्ट निर्णय गर्न नसके पनि, महाधिवेशन कहिले गर्ने भन्ने विषयले बैठकलाई मुख्य विवादमा पारेको छ।

पार्टीको संस्थापन पक्षले निर्वाचनअघि कुनै पनि प्रकारको महाधिवेशन सम्भव छैन भन्ने अडान लिएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशन का लागि तयारीमा जुट्न थालेका छन्। असोज २९ गते नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित

उनीहरूले पार्टी कार्यालय सानेपामा मागपत्र बुझाइसकेका छन्। पार्टीको विधानअनुसार, २७ गतेभित्र नियमित महाधिवेशन नबोलाइए विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ।

आजको बैठकमा संस्थापन पक्षका नेताहरूले निर्वाचन नजिकिँदै गर्दा संगठन कमजोर नपार्ने तर्क गर्दै महाधिवेशन स्थगित गर्नुपर्ने धारणा राखे। तर महामन्त्री पक्षधर नेताहरूले भने लोकतान्त्रिक अभ्यास र पारदर्शिताका लागि नियमित महाधिवेशन अपरिहार्य रहेको जिकिर गरे।

बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, राजीवबिक्रम शाहलगायतका नेताहरूले आ-आफ्ना धारणा राखेका थिए। सहमहामन्त्रीद्वय पाण्डे र परियारले फागुन २१ अघि नै नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्न माग गरे।

पार्टीभित्रको यो विवादले कांग्रेसको निर्वाचन रणनीति र संगठनात्मक एकतालाई नै प्रभावित पार्ने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।