KATHMANDU DAINIK

ए डिभिजन लिग स्थगित, नेपाली खेलाडी बंगलादेश, भुटान र कम्बोडिया तिर

Nepali football, A Division League Nepal, बंगलादेश प्रिमियर लिग, Nepali footballers in Bangladesh, नेपाली खेलाडी विदेश, Football Nepal, ANFA news, A division league updates, नेपाली फुटबल लिग, Nepal football news, Nepal sports news, Kiran Chemjong, Anjan Bista, Nepali players abroad

साउन ३१, २०८२।

काठमाडौं – नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता शहीद स्मारक ए डिभिजन लिग दोहोरो अन्योलमा परेको छ। पछिल्ला दुई सिजनदेखि लिग नहुँदा नेपाली खेलाडीहरू विदेश पलायन भइरहेका छन्। राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङदेखि युवा खेलाडी आयुष घलानसम्म बंगलादेश प्रिमियर लिगमा अनुबन्ध भइसकेका छन्।

नेपालमा फुटबल लिगको स्थायित्व नहुँदा भुटान, कम्बोडिया र अन्य दक्षिण एसियाली राष्ट्रहरूमा नेपाली खेलाडीहरू आफ्नो करियरको अवसर खोज्न बाध्य छन्। फुटबल संघ (एन्फा)ले पटक–पटक लिगको घोषणा गरे पनि २६ महिनादेखि लिग सञ्चालन हुन सकेको छैन।

नेपाली फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा भन्छन्, ५–७ खेलाडी विदेशमा गएर मात्र पुग्दैन, घरमै लिग चाहिन्छ। उनका अनुसार लिगको अभावले राष्ट्रिय टिमको प्रदर्शनमा समेत नकारात्मक असर परेको छ।

यसबिचमा बंगलादेशी क्लबहरूले एकै पटक चार नेपाली खेलाडीलाई अनुबन्ध गरेका छन् जसमा अञ्जन विष्ट, एरिक विष्ट, सनिश श्रेष्ठ र योगेश गुरूङ। यस्तै मिडफिल्डर लकेन लिम्बु कम्बोडिया पुगेका छन् भने सन्तोष क्षेत्री भुटानको ट्रान्सपोर्ट युनाइटेडमा खेलिरहेका छन्।

विगतमा जस्तै ए डिभिजन लिग फेरि स्थगित हुनाले नेपालमा घरेलु फुटबलको भविष्य अन्योलमा परेको छ।

Exit mobile version