ए डिभिजन लिग स्थगित, नेपाली खेलाडी बंगलादेश, भुटान र कम्बोडिया तिर

Nepali football, A Division League Nepal, बंगलादेश प्रिमियर लिग, Nepali footballers in Bangladesh, नेपाली खेलाडी विदेश, Football Nepal, ANFA news, A division league updates, नेपाली फुटबल लिग, Nepal football news, Nepal sports news, Kiran Chemjong, Anjan Bista, Nepali players abroad

साउन ३१, २०८२।

काठमाडौं – नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता शहीद स्मारक ए डिभिजन लिग दोहोरो अन्योलमा परेको छ। पछिल्ला दुई सिजनदेखि लिग नहुँदा नेपाली खेलाडीहरू विदेश पलायन भइरहेका छन्। राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङदेखि युवा खेलाडी आयुष घलानसम्म बंगलादेश प्रिमियर लिगमा अनुबन्ध भइसकेका छन्।

नेपालमा फुटबल लिगको स्थायित्व नहुँदा भुटान, कम्बोडिया र अन्य दक्षिण एसियाली राष्ट्रहरूमा नेपाली खेलाडीहरू आफ्नो करियरको अवसर खोज्न बाध्य छन्। फुटबल संघ (एन्फा)ले पटक–पटक लिगको घोषणा गरे पनि २६ महिनादेखि लिग सञ्चालन हुन सकेको छैन।

नेपाली फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा भन्छन्, ५–७ खेलाडी विदेशमा गएर मात्र पुग्दैन, घरमै लिग चाहिन्छ। उनका अनुसार लिगको अभावले राष्ट्रिय टिमको प्रदर्शनमा समेत नकारात्मक असर परेको छ।

यसबिचमा बंगलादेशी क्लबहरूले एकै पटक चार नेपाली खेलाडीलाई अनुबन्ध गरेका छन् जसमा अञ्जन विष्ट, एरिक विष्ट, सनिश श्रेष्ठ र योगेश गुरूङ। यस्तै मिडफिल्डर लकेन लिम्बु कम्बोडिया पुगेका छन् भने सन्तोष क्षेत्री भुटानको ट्रान्सपोर्ट युनाइटेडमा खेलिरहेका छन्।

विगतमा जस्तै ए डिभिजन लिग फेरि स्थगित हुनाले नेपालमा घरेलु फुटबलको भविष्य अन्योलमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।